लिटिल स्टारद्वारा शैक्षिक गुणस्तरका विषयमा अभिभावकसंग छलफल

महेन्दनगर, 

महेन्दनगरको लिटिर स्टार पब्लिक स्कुलले अभिभावक संग छलफल गरेको छ ।

विद्यालयले सोमबार अभिभावकसंग प्रथम परिक्षाको परिमाण बारे छलफल गरेको हो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावकसंग विद्यार्थीले गरेका प्रगतिको विषयमा छलफल गरिएको प्रिन्सिल शमरजङ्ग बहादुर चन्दले बताए ।

कार्यक्रममा अभिभावकले विद्यालयले केही शैक्षिक गुणस्तरमा जोडदिए । अभिभावकले विद्यालयले नियमित विद्यार्थीका कमिकमजोरीबारे अभिभावकलाई समयमै जानकारी गराईदिन आग्रह गरे । अभिभावक राजेन्द्र आग्रीले सुचना बोर्डका साथै नियमित अनुशासन एव शैक्षिक गुणस्तरमा जोडदिए ।

प्रिन्सिपल चन्दले विद्यालयले हरेक बालबालिकाको चौतर्फिक विकासका लागि पहल गर्ने बचन दिए । उनले विद्यार्थीको भविष्यका लागि विद्यालयका तर्फबाट जस्तोसुकै कदम चाल्ने घोषणा समेत गरे । ‘विद्यार्थीले राम्रोसंग अध्ययन गनुपर्छ, ‘पिन्सिपल चन्दले भने, ‘विद्यार्थीको मेहनतबाट यो विद्यालयलाई मात्र नभई सिङ्गो समाज लाभान्वित हुनुपर्छ ।’ जेहेन्दार विद्यार्थीको भविष्यका लागि आफ्नो र विद्यालयका तर्फबाट सक्दो पहल गर्ने बताए । प्रिन्सिपल चन्दले आफ्ना सन्तानका कमिकमजोरी र विद्यालयका कमिकमजोरीमा सुझाव दिन समेत आग्रह गरे ।

यस्तै विद्यालयले राष्ट्रिय परीक्षा बार्डले ०७६ सालमा लिएरको कक्षा १२ को परीक्षामा विद्यालयका भुतपुर्व छात्रा पार्वती पाण्डेयलाई सम्मानका साथै पुरस्कार प्रदान गरेको छ । पार्वतीलाई दोसल्ला ओढाउनुका साथै नगर रकम समेत प्रदान गरिएको छ । प्रिन्सिपल चन्दले पार्वतीको भविष्यका लागि सहयोग गर्ने समेत बताए । पार्वतीले लिटिर स्टारमा कक्षा २ देखि १० सम्म अध्ययन गरेकी थिईन् ।

ए प्लस ल्याएकी पार्वती बिबिएको तयारीमा छिन् । शिक्षक कविराजले संचालन गरेको कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *