महेन्द्रनगरमा लिग क्विक्स फुटबल सुरु

कञ्चनपुरको महेन्द्रनगरमा कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग र क्विक्स कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ।

शनिबार भएको उद्धघाटन खेल छात्रा तर्फ कञ्चन विद्या मन्दिर र ग्वालेक स्कुल बिच भएको प्रतिस्पर्धात्मक खेलमा ग्वाल्लेक नभकिरन स्कुलले कञ्चन स्कुल लाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो पहिलो जित ग्वाल्लेकले हात पारेको छ।

प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री माननीय प्रकाश रावलले गर्नुभएको थियो। उद्धघाटन समारोहका सभापति कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द रहनु भएको थियो।

प्रतियोगितामा अन्तर विद्यालय क्विक्स कपमा छात्र तर्फ १६ विद्यालय सहभागी रहेका छन् भने छात्रा तर्फ ६ विद्यालयको सहभागी रहेको संघका महासचिव एवम् जिल्ला लिगका संयोजक रमेश चन्दले बताएका छन। उनका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता -२०७६ मा संघमा आबद्ध १४ क्लब मध्य १३ क्लबको सहभागी रहेको छ भने कञ्चनपुरको दक्षिणी क्षेत्र बाट राम युवा क्लब र अरनिको युवा क्लब रहेका छन ।

जिल्ला प्रतियोगिता अन्तर्गतका खेल लिग आधारमा संचालन खेलमैदानको अभावले गर्दा असार १० गते देखि सुरु हुने छन। जिल्ला लिग २०७६ प्रतियोगिता असार २५ गते सम्म संचालन हुने लिग संयोजक चन्दले बताए।

आज हुने अन्तर विद्यालय तर्फका बिहान पहिलो खेल छात्रा तर्फ लिटिल बुद्ध एकेडेमी र सिद्धनाथ अमर बिच ८ बजे, दोस्रो खेल छात्र तर्फ सिद्धनाथ अमर र इन्टरनेशनल पब्लिक बिच बिहान ९:३० , तेस्रो खेल छात्रा मा इन्टरनेशनल पब्लिक र ग्वाल्लेक बिच दिउँसो ४:३० र सो दिनको अन्तिम खेल छात्र तर्फ आर्दश र कञ्चन विद्या मन्दीर बिच बेलुकी ६ बजे प्रतिस्पर्धात्मक खेल हुने जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् क्विक्स कपका संयोजक गजेन्द्र पाण्डेयले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *