लालझाडीमा खुल्ला फुटबल प्रतियोगिता शरू

लालझाडी,

कञ्चनपुरकाे लालझाडी गाउँपालिकमा गाउँपालिका स्तरीय खुला फुटबल प्रतियाेगिताकाे शुरू भएको छ।

लालझाडी गा पा ३ बल्मीमा शुुुरू भएकाे खेलकाे उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष सत्या देवी महराले गर्नु भएकाे थियाे। उद्घाटन समाराेहमा बाेल्दै उपाध्यक्ष महराले खेलले एकअर्का प्रति भाईचाराकाे सम्बन्ध बढ्नुकाे साथै अनुशासित बनाउन महत्वपूर्ण याेगदान पुर्याउने बताउनु भयाे।

फुटबल प्रतियाेगिता नकअाउट सिस्टमकाे हुने र प्रथम पुरूस्कार २५ हजार पाँच सय पचास र द्वितय पुरूस्कार १५ हजार रहेकाे अायाेजकले जनाएकाे छ। अाज भएकाे उद्घाटन खेलमा शिवशक्ति युवा क्लब नन्दगाउँले कर्नेल युवा क्लबलाई ०-४ काे गाेल अन्तरले हराएकाे छ। भने भाेलिकाे खेल देखतभुली र मनपुरिया र कञ्ज र अमलिया बिच प्रतिस्पर्धा हुने अायाेजकले जनाएकाे छ।

फुटबल प्रतियाेगिताकाे उद्घाटन समाराेहमा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महरा रहेका थिए भने विशिष्ट अतिथि कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जीत बहादुर तामाङ्ग रहेका थिए। उद्घाटन कार्यक्रम लालझाडी फुटबल सँघका अध्यक्ष रामसाह रानाकाे सभापतित्वमा भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्