कर्मचारी कुटने ऐर प्रहरी नियन्त्रमा

शुक्लाफाँटा नगरपालिकाका कर्मचारी कुट्ने झलारीका मोहन सिह ऐर प्रहरी नियन्त्रणमा छन् ।

शुक्लाफाँटा नगरपालिका चालक चरन चौधरीलाई कुटपिट गर्ने ऐर प्रहरी नियन्त्रणमा रहेका हुन् । ऐरले चालक चौधरीलाई मेयरसंगको रिसिईबीका कारण कुटपिट गरेको छ । चालक चौधरीले आफुलाई बिना कारण कुटपिट गरेको बताए । आफुलाई के कारणबाट कुटपिट गरेको भन्ने विषयमा आफैलाई थाहा नभएको बताए ।

शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरसंग दशौँ खर्च नदिएको झोकमा चालकलाई कुटपिट गरेको बताईएको छ । मेयर दिल बहादुर ऐरले कर्मचारीमाथी कुटपिट गर्ने कानुनको नियन्त्रणमा आईसकेको बताए । उनका अनुसार दोषि उपर कार्बाही गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *