प्रदेश युवा समितीको अध्यक्षमा बेलडाँडीका उपाध्याय

नेपाल ट्रेड युनियन काड़्ग्रेस सूदुरपश्चिम परदेश युवा संघको परदेश अध्यक्षमा बेलडाँडीका युवा कुलैराज उपाध्याय सर्वसहमतले चयन भएका छन् ।

धनगढीमा नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश परिषद र युवा तथा महिला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट बेलडाँडीका उपाध्यायलाई सुदूरपश्चिम प्रदेश युवा संघको अध्यक्षमा सर्वसम्मतले चयन गरिएको थियो ।

संघको उपाध्यक्षमा शेर बहादुर रोकाया, सचिवमा राजेन्द्र परियार, कोषाध्यक्षमा सावित्री लोहनी, महिला अध्यक्षमा इश्वरी कठायत सर्वसम्मतले चयन भएका छन् । कैलाली जिल्ला कांग्रेस पार्टी सभापति नर नारायण शाहको प्रमुख आतिथ्यमा उक्त अधिवेशन सञ्चालन गरिएको थियो ।

कार्यक्रममा कञ्चनपुर कांग्रेस पार्टी सभापती हरी बोहरा, नेपाल ट्रेड युनियनका केन्द्रीय उप महासचिव सीताराम अवस्थी, केन्द्रीय सदस्य नीलम लेखक जोशीको आतिथ्य रहेको अध्यक्ष उपाध्यायले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *