मासु व्यवसायी र कुखुरा किसानविच विवाद

कञ्चनपुर,

महेन्द्रनगरमा मासु व्यवसायी र कुखुरा किसानविच विवाद भएको छ ।

कुखुरा अण्डा उत्पादक संघ र मासु व्यवसायीविच मासुको मुल्यको विषयलाई लिएर विवाद भएको छ । आईतबार कुखुरा अण्डा उत्पादन संघका केही पदाधिकारीले मासु व्यवसायी विष्णू खडका र खेमलला उरावमाथी हातपात गरेको आरोप लगाएका छन् ।

भने संघका पदाधिकारीले किसानबाट सस्तोमा खरिद गरेर दोब्बर रकम लिएको आरोप लगाएका छन् । भीमदत्त नगरपालिका–४ सब्जमण्डीमा मासु व्यवसाय गर्दै आएका खडका र उरावले आफुहरुमाथी सस्तोमा किन मासु किनेको भन्दै हातपात गरेको बताएका छन् । संघ मार्फत मासु किन्न समेत दवाव दिएको उनीहरुको भनाई छ ।

खडका र उरावले सिधै किसान मार्फत प्रतिकेजी १७५÷१८० का दरले खरिद गरेर बिक्रि गर्दै आएका छन् । कुखुरा अण्डा उत्पादक संघका कोषाध्यक्ष माने कुँवरले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्ता ठग्दा आफुहरुले अनुगमन गर्ने क्रममा उल्टै उनीहरु जाई लागेको बताएका छन् । ‘हामीले कसैमाथी पनि हातपात गरेका छैनौँ, ‘उनले भने, ‘सस्तोमा खरिद गरेर महङ्गोमा बिक्रि गर्नबाट रोक्न खोज्दा विवाद बढेको हो ।’

आफुहरुले मासु व्यवसायीसंग किसानबाटै कुखुरा खरिद गर्न आग्रह गरेको मात्रै बताए । कुखुरा उत्पादक किसान किरण साउदले गरिखाने मासु व्यवसायमाथी केही व्यक्तिले संघ खोलेर वितण्डा मच्चाएको बताएका छन् । ‘विभिन्न संघ संगठन खोल्ने किसान र व्यवसायमाथी राज जमाउने अनि आफ्नोबाट नकिनेको भन्दै कुटपिट गर्ने यो सरासर सिण्डिगेट हो, ‘उनले भने, ‘दोषि उपर कार्बाही चलाउनुपर्छ ।’

कञ्चनपुर मण्डि व्यवसायी संघका अध्यक्ष विशाल सोनारले मासु व्यवसायमाथी हातपात गर्नेलाई कार्बाहीको माग गरे । अध्यक्ष सोनारले अनावश्यक मासु व्यवसायीलाई दवाव दिएर किसान र व्यवसायी मारमा पार्ने काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *