बेलडाँडीमा आज कोजाग्रत पुर्णिमामा भब्य मेला लाग्दै

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको लटैनाथ मालिकार्जुन मन्दिरमा भब्य कोजाग्रत पुर्णिमा मेला आज लाग्ने भएको छ ।

धर्म संस्कृतिको जर्गेनाका साथै परापुर्वकाल देखि मान्दै आएको रितिरिवाजलाई वढावा गर्न बेलडाँडीमा विगत बर्षहरु झै यस बर्षको अश्विन शुक्ल पुर्णिमाका दिन यो मेला लाग्दै आएको छ । जात्राको अवसर पारेर सुदूरपश्चिमै लोक देउडा, भजन कृतन आदि लाग्ने मन्दिर समितिले जनाएको छ ।

२०६२ साल देखि निरन्त्रर यो मन्दिरमा कोजाग्रत पुर्णिमाको राती भब्य मेला लाग्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार सुदूरका पहाडी जिल्ला लगायत भारतको कुमाउ गडवालमा पनि यो मेला मनाउने गरेको र पुर्खौंदेखि चलिआएको चलनलाई मान्ने गरेको बताउनु भयो । यहाँ मेलाका दिन र रातीमा श्रद्धालु हरुको अत्यन्तै भिड हुने गरेका छ ।

यस मन्दिरमा कञ्चनपुरका विभिन्न ठाउँ जिमुवा,भुली, बेलौरी, बन्साह, महेन्द्रनगर, बेलडाँडी, झिलमिला, लगायत १४,१५ ठाउँबाट जात्रा आउने गर्दछ । समितिले मेला जात्रालाई सब्यभब्य पार्न सबैमा आग्रह गरेको छ । यहाँ पुजा गर्न आउने श्रद्धालुले मन बाट मागेको कुरा पुरा हुने विश्वास रहेको छ ।

कोजाग्रत पुर्णिमालाई धेरै जसोले रास पुर्णिमा पनि भन्ने गर्दछन् । हिन्दु पञ्चाङ्कका अनुसार असोज महिनाको शुक्ल पुर्णिमालाई भन्ने गर्दछन् । ज्योतिषहरुका अनुसार पुरै बर्षभरीको यसै दिन चन्द्रमा सोह्र कलाबाट परिपुर्ण हुने गर्दछ ।

हिन्दु धर्ममा यसै दिन कोजाग्रत ब्रत मनाउने गरेको हो । यो दिन श्रीकृष्ण भगवानले महारास रचेको थियो । श्रद्धालुहरु भन्ने गर्दछन् की यसै राती चन्द्रमाको किरणबाट अमृत झर्ने गर्दछ । त्यसैले यो दिन धेरै जसो ठाउँमा खिर पकाएर चन्द्रमाको किरण पर्ने ठाउँमा बाहिर राख्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *