खोखोकी राष्ट्रिय च्याम्पियन वेष्टर्नमा भर्ना

महेन्द्रनगर,
राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिमलाई लगातार दुई पटक खोखो खेलमा कास्य पदक दिलाएकी राष्ट्रिय खेलाडी पूजा ओड वेष्र्टन पब्लिक एकेडेमी
(जनशिक्षा) मावि) कक्षा ११ मा भर्ना भएकी छन् ।

भीमदत्त नगरपालिका वडा नं. १८ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयबाट एस.इ.ई उत्तीर्ण पूजा वेष्टर्नमा मानविकी संकायमा भर्ना भएकी छन् ।

उनीसंगै एसइइमा ए प्लस ल्याएका बिक्रम बोहरा व्यवस्थापन संकायमा भर्ना भएका छन् । बोहरा ज्ञानदिप विद्या मन्दिरबाट एसइइ उत्तीर्ण भएका हुन् । खोखोकी राष्ट्रिय चेम्पियन ओड र बोहरा दुबैलाई मंगलबार विद्यालयमा सम्मान तथा स्वागत गरी भर्ना कार्यक्रम सुरु
गरिएको छ ।

खैरभट्टीकी पूजाले सातौ र आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेकी थिइन् । उत्कृष्ठ खेलाडीको सम्मान पाएकी पूजालाई राष्ट्रिय खेलकूद परिषदले च्याम्पियन घोषणा गरेको थियो ।

विद्यालयले अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी सहितको कार्यक्रममा सम्मान गरेको छ । कार्यक्रमका ती दुबै जनाका अभिभावकलाई समेत अभिनन्दन गरिएको छ । संस्थाका सञ्चालक बिर्ख बहादुर मल्लको सभापतित्वमा गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शंकर बहादुर सुनारले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका प्रिन्सिपल विवेक राज कलौनीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *