कञ्चनपुर,
सुदूरपश्चि प्रदेश स्थित कञ्चनपुर जिल्लाको फ्लोरिडा इन्टरनेसनल बोडिङ्ग स्कुलले प्रशिक्षक र खेलाडी लाई सम्मान गरेको छ।


जिल्ला स्तरीय क्वीक्स कप बिजेता बनेको फ्लोरिडाले आफ्नो प्रदेश स्तरीय खेलमा कैलाली र डोटिको सामना गर्दै विजेता बनेको थियो। सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको फ्लोरिडा कर्णाली प्रदेशको च्याम्पियन सैनिक स्कुल संग क्वीक्स कप प्रादेशिक प्लेअफ म्याचमा समेत १–० गोलले च्याम्पियन बनेको थियो ।

कञ्चनपुर जिल्लाको पहिलो स्कुल सुदूरपश्चिम च्याम्पियन बन्दै अखिल नेपाल फुटबल संघ “एन्फा“ कम्प्लेक्स खेलमैदान सादोबाटोमा ललितपुरमा आयोजना गरेको क्वीक्स कप अन्तरविद्यालय स्तरीय राष्ट्रिय लिग फुटबल प्रतियोगिता –२०७६ मा फ्लोरिडा इन्टरनेसनल बोडिङ्ग स्कुलले आफ्नो सहभागिता जनाएको थियो।

यसरी सुदूर पश्चिम च्याम्पियन बनी सातोबाटो ललिपुरमा आफनो सहभागिता राष्ट्रिय स्तर सम्म बनाउन सफल भएकोमा आज विहीबार विद्यालयले एक कार्यक्रममा ै सम्पुर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापन लाई स्कुलकी प्रेन्सिपल गंगा जोशी लगायत कर्मचारीले भब्यताका साथ सम्मान गनुैको साथै प्रमाण पत्र पनि प्रदान गरेको थियो ।

फ्लोरिडाले आफ्नो पहिलो खेल मंसिर ९ गते स्मृति बोडिङ्ग स्कुलको सामना गरेको थियो। उक्त खेल निधारित समयमा २–२ को बराबरीमा रोक्न सफल भएको थियो। दोस्रो खेलमा पराजित र लिगको अन्तिम खेलमा ४–१ गोलको जित दर्ता गर्दै आफ्नो समुहको अंक तालिकामा ४ अंकका साथ तेस्रो स्थानमा रहेको थियो
उक्त टिमका प्रशिक्षक बिकास सिंह महता आफ्नो खेल क्षेत्रमा खेलाडी देखि लिएर एउटा प्रशिक्षकको जिम्मेवारी सहज सफल रुपमा निर्वाह संगै आफुले पाएको जिम्मेवारीको पहिलो अनुभव रहेको समेत बताएका छन् ।

फ्लोरिडा टिमका व्यवस्थापनको जिम्मेवारी स्कुलका सहायक प्रेन्सिपल सङ्ग्पो लामाले निर्वाह गर्नु भएको थियो । विद्यार्थीको चौतफी विकासको लागि खेल एक अत्यन्त जरुरी हुनको साथै खेलको आफनै महत्व भएको लामाले बताउनु भयो । यसरी खेलले विद्यालयको नाम देश भरी फैलाउनमा अंहम भुमिका खेलेको लामाले बताउनु भयो ।
अन्तरविद्यालय स्तरीय राष्ट्रिय लिग फुटबलमा सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्दै फ्लोरिडा इन्टरनेसनल बोडिङ्ग स्कुल छात्र टिम कञ्चनपुरको पहिलो विद्यालय रहेको छ।
कञ्चनपुर ,सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश च्याम्पियन बन्दै आफ्नो राष्ट्रिय लिग काठमाडौको यात्रा तय गरेको थियो।

के तपाईंलाई थाहा छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.