बेलडाँडी खेलकुद विकासका लागि युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र

काठामाडौं,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको दिगो विकासका लागि आज मंगलवार युवा तथा खेलकुद मन्त्रीलाई बेलडाँडी गाउँपालिकाको टोलीले ज्ञापन पत्र बुझाएको छ ।
२७ गते संघीय राजधानी गएको बेलडाँडी स्थानीय सरकारको टोलीले बेलडाँडीको दिगो विकासको लागि विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाउदै आएको छ ।

बेलडाँडी गाउँपालिकालाई खेलकुदका क्षेत्र बाट पनि विकास गर्नु पर्ने भएकोले बेलडाँडी गाउँपालिकाकै एउटा खुल्ला मञ्च वनाउनु पर्ने माग सहितको ज्ञापनपत्र बुझाइएको थियो । सो ज्ञापन पत्र बुझ्दै मन्त्री जगत सुनार विश्वकर्माले भने प्रकृया पुगाएर आउनुस् खानेपानी मन्त्री बिना मगरले आफुलाई सो विषयमा भनेको बताउदै कार्तिक देखि काम शुरु हुने गरी बजेट हालिदिने आसवासन दिनु भयो ।

उहाँले भन्नु भयो प्रकृया पुर्याएर काम गर्नुस हामी हाम्रो तर्फबाट हुने सहयोग पहिलो चरणमा नै गरिदिने बताउनु भयो । सरकारको सबै स्थानीय तहमा एक तह एक रंगशाला निर्माण गर्ने सरकारको योजना रहेको बताउदै यो बहुबर्षे योजना हुने समेत जानकारी गराउनु भयो । बेलडाँडी गाउँपालिकाको टोलीले आरक्ष संग जोडीएको वडा नं.१ को खेलमैदानलाई खेलमैदानमा परिणत गर्नको लागि मन्त्री समक्ष सो प्रस्ताव राख्दा निकुञ्ज संगको विषयमा झमेला हुने भन्दै सो समस्या सम्वन्धि ठाउँबाट सल्टाउनुस् त्यस पछि त्यसमा पनि युवा तथा खेलकुद मन्त्रालयको सहयोग रहने आसवासन दिनु भयो ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले ज्ञापन पत्र बुझाउदै आफुहरु पहिलो पटक यो मन्त्रालयमा आएको र खेलकुदलाई अव व्यवसायी संग जोड्नका लागि रंगशालाको अति आवस्यक भएको बताए ।
बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला कार्कीले भने अन्य विकास संगै खेलकुदको विकास पनि अति आवश्यक भएकाले यसको दिगो विकसको लगि आफ्नो टोली यहाँ पुगेको बताईन । यस्तै अन्य मन्त्रालयमा हामी गएको र धेरै मन्त्रालयमा हामीले जानै बाकी रहेको बताउदै बेलडाँडीका समस्या यहाँ सुनाउन आएको बताईन । उनले भनिन खेलकुद विकासका लागि हामीले गरे अनुसारको अपिक्षा पुरा हुने बताइन ।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीले भने हाम्रा बेलडाँडीका समस्याको कथन गरे साध्य नहुने बताउदै यस मन्त्रालयबाट गरेको अपिक्ष पुरा गरिदिन अनुरोध गरेका थिए ।
वडा नं.२ का अध्यक्ष प्रेम राज खातीले भने बेलडाँडी गाउँपालिकाले बेलडाँडीको वडा नं.२ मा रहेको चवन्नी वजार पछाडीको खुल्ला मञ्चलाई रंगशालामा परिणत गरी खेलकुदमा बढी जोडदिनु पर्ने बताए ।
वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले भने अन्य विकास संगै युवाहरुका लागि खेलकुदको विकास पनि गर्नुपर्ने भन्दै खेलमैदानको अति आवश्यत्ता रहेको बताउदै आफुहरुका साझामाको सम्वोधन हुनेमा ढुक्क रहेको बताए ।
वडा नं.४ का अध्यक्ष विर बहादुर खडकाले भने सके सबै वडामा खेलमैदानको व्यावस्थापन गरिदिने मागगर्दै नभए बेलडाँडी गाउँपालिकाकै सिंगो रंगशाला निर्माण गरिदिन मन्त्री सामु करा राखे ।
वडा नं.५ का अध्यक्ष कृष्ण रोकायाले भने खेलमैदान भए खेलकुदको विकास गर्न सकिने भन्दै खेलकुदका लागि बजेट दिनुपर्ने माग राख्नुका साथै हामी सबैको साझा आवाज एकै भएको बताए ।

बेलडाँडी स्थानीय सरकारको टोली संघीय राजधानी आएर केहि लगेरै फर्कीने बताए । यस्तै बेलडाँडी क्षेत्रका दिगो विकासका योजना ल्याएको र यी सम्वोधन गराएरै फर्कीने टोलीले जनाएको छ ।
अहिले सम्म खानेपानी मन्त्री, बन तथा वातारण मन्त्री, भुमि मन्त्री, युवा तथा खेलकुद मन्त्री लाइ ज्ञापन पत्र बुझाई सकेको छ । भने अझै धेरै मन्त्रालयमा जानु बाकी रहेको छ । खानेपानी मन्त्री मगरले अन्य मन्त्रालय बेलडाँडीको टोली संग आफुपनी जाने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *