न्यायाधीश आचार्यमाथी कार्बाहीको माग राख्दै पत्रकार भण्डारीद्वारा न्याय परिषद्मा उजुरी

कञ्चनपुर,
पत्रकार खेम भण्डारीले कञ्चनपुर जिल्ला आदालतका पुर्व न्यायाधिश डा. राजेन्द्र प्रशाद आचार्यलाई कार्बाहीको माग अघि सारेर न्याय परिष्दमा उजुरी दिएका छन् ।

सोमबार आफ्नै दैनिक मानसखण्डको कार्यालयमा पत्रकार सम्मेलन गरेर भण्डारीले आफु बिरुद्ध दायर भएको मुद्दा नचलाउनुपर्ने भएपनि मुद्दा चलाएका कारण न्यायाधीश आचार्य बिरुद्ध न्याय परिष्दमा उजुरी दिएको बताए ।
‘मैले न्यायाधीश आचार्य बिरुद्ध ईमेल गरेर उजुरी पठाएको छु, ‘उनले भने, ‘मलाई पुनरावेदनकै म्याद दिएन् ।’ भण्डारी बिरुद्ध जिल्ला बार एसोसिएनले आदालतको अपहेलना सम्बन्धी मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको न्यायाधीश डा. आचार्यको एकल एजलासमा ३० असार ०७६ मा गरिएको फैसलामा भण्डारीलाई एक रुपैया र एक घण्टा जेल सजायको फैसला गरिएको थियो ।

भण्डारीले आफुलाई पुनरावेदन गर्ने म्याद नै नदिएर आफुलाई फसाउन सिङ्गो न्यायालय लागेको आरोप लगाएका छन् । ३ मंसिर ०७६ एक रुपैया र एक घण्टा जेल भुक्तान गरेका पत्रकार भण्डारीले उतिबेलै निर्मला हत्याकाण्डमा न्यायालयको मिलोमतो भएको समेत आरोप लगाएका थिए ।

पत्रकार भण्डारीले नागरिकलाई संविधानप्रदत्त मौलिक अधिकारबाट बन्चित गर्दै प्राकृतिक न्यायको सिद्धान्तलाई समेत पाखा लगाएर अन्यायपूर्ण तरिकाले स्वेच्छाचारी शैलीमा न्याय सम्पादन गर्ने न्यायाधीश आचार्यमाथि कानुनअनुसारको कारबाही माग गरेका हुन् ।
पत्रकार भण्डारीले दिएको उजुरीमा यस्तो उल्लेख गरिएको छ, ‘नेपालको संविधान तथा अन्य प्रचलित कानुन र कानुनी सिद्धान्त, नागरिकको संविधान प्रदत्त हक तथा अधिकार र संविधानद्वारा सुनिश्चित गरिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको अदालत र पदाशीन न्यायाधीशद्वारा नै गम्भीर हनन् भएको हुँदा न्यायाधीश राजेन्द्रसाद आचार्यलाई कारबाही गरिपाउँ भनी यो निवेदन चढाएको छु ।’

बारको त्यो निर्णयले अदालतलाई प्रभावित मात्रै नगरी न्याय निरुपणको प्रक्रियालाई नै दुषित गर्ने आशयका साथ अभियुक्तकै नातेदारलाई एमिकस क्यूरी जस्तो संयन्त्रमा पठाउनु गलत हो, भनेर विरोध जनाएको उल्लेख गरिएको छ ।

पत्रकार भण्डारीले आफु बिरुद्ध परेको मुद्दा पहिलो दृष्टिमैं खोरज गरिनुपर्ने अडान लिदै निवेदन मुद्दा प्रक्रिया गएपछि मैले कानुन अनुसार अदालतले निर्धारण गरेको कार्यविधि अनुसार मुद्दा खेपेको जनाएका छन् । प्रेस तथा अभिव्यक्तिको संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने मनसाय देखिएको पत्रकार भण्डारीको ठहर छ ।

‘अदालतका वैतनिक कानुन व्यवसायी जाहेरी पक्ष कञ्चनपुर जिल्ला बार एसोसिएसनका पदाधिकारी रहेकोले कानुन व्यवसायी उपलब्ध गराउन नसकिने’ भन्दै अदालतबाट संविधानमा मौलिक हकका रुपमा सुनिश्चित गरिएको कानुनी प्रतिरक्षाको मेरो हकको प्रचलन राज्यले नै गरिदिनुपर्नेमा अदालतको सो आदेशबाट मलाई मेरो मौलिक हकबाट बन्चित गरिएको पत्रकार भण्डारीको दावि छ ।

‘निजी कामले जिल्ला बाहिर रहेकै बेला ३० असार ०७६ मा अदालतले मलाई ‘तुच्छ सजाय’ भन्दै एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको रहेछ । सो कुरा मैले पछि सामाजिक संजालबाट थाहा पाएँ, उजुरीमा उल्लेख गरिएको छ, ‘फैसला भएको दिन म जिल्ला बाहिर रहेको मैले कानुन व्यवसायी नियुक्त नै गर्न नसकेको पृष्ठभूमिमा मेरो नैसर्गिक अधिकार, प्राकृतिक न्यायको सिद्धान्त अनुसार अदालतले पुनरावेदनको म्याद दिन्छ र प्राप्त हुने दिने विश्वासका साथ म आफ्नो पेशा र काममा व्यवस्त रहेँ ।’

फैसलाका बखत म वा मेरो कानुन व्यवसायी उपस्थित नरहेको अवस्थामा मलाई अदालत स्वयंले नै पुनरावेदनको म्याद दिनुपर्ने व्यवस्थाको समेत फैसलामैं अपहरण गरिएको पत्रकार भण्डारीको आरोप छ ।
‘आफैले वहस पैरवी गरेका कारण म्याद दिइरहनु नपर्ने भनी फैसलामा उल्लेख भएको रहेछ जबकी म आफू कानुन सम्बन्धी जानकारीका दृष्टिले निरक्षरप्रायः रहेको हुँदा कानुन व्यवसायीको माग गरेको हुँ र फैसला हुनुभन्दा एक महिना पहिले विपक्षी बार एसोसिएसनका तर्फबाट ८ जना अधिवक्ताले बहस गर्दा अन्तिममा न्यायाधीशबाट ‘तपाईलाई केही भन्नु छ’ भनी सोधनी हुँदा संक्षिप्त रुपमा मैले आफ्नो भनाई मात्र राखेको थिएँ ।’

उजुरीमा उल्लेख गरिएको छ, ‘पुनरावेदन गर्न पाउने प्राकृतिक न्यायको सिद्धान्तलाई नै निरस्त गर्दै मलाई मेरो सो हकबाट बन्चित गर्न अदालतले फैसलामैं गलत तथ्य उल्लेख गरेको अवगत गराउँछु ।’

म अदालतमा जानकारी लिन भनि गएको अवस्थामा मलाई पूर्व जानकारी नदिई, केही नभनी एकाएक प्रहरीहरुआई जेल लगेर एक घण्टा जेलमा थुनामा राखी एक रुपैयाँ जरिवाना गराएर छाडेको समेत पत्रकार भण्डारीले उजुरीमा उल्लेख गरेका छन् ।

नियतवश मलाई मेरो पुनरावेदन गर्ने अधिकारबाट बन्चित गराउने कार्य भएको हुँदा पुनरावेदनको मौका नै नपाई मैले जरिवाना र कैद भुक्तान गर्नु परेको र नेपालको न्यायिक इतिहासमा सम्भवतः यो एउटा नागरिकका लागि सबैभन्दा लज्जापस्पद अन्यायपूर्ण घटना भएको पत्रकार भण्डारीको दावि छ ।

‘सिंगो न्यायपालिकाकै प्रतिष्ठा र विश्वसनीयतामा आँच पु¥याएको छ, ‘कानुन र प्राकृतिक न्यायको सिद्धान्त अनुसार मलाई मेरो अधिकारबाट बञ्चित गरी जरिवाना र कैद भुक्तान गर्नुपर्ने बाध्यात्मक अवस्था स्वयं अदालतबाट सिर्जना गरी अन्याय गरिएको भण्डारीको दावि छ ।

न्यायाधीश आचार्यद्वारा गरिएको ८४ पृष्ठको फैसलाको अन्तर्वस्तु र लेखन पनि न्याय निरुपणका दृष्टिले अत्यन्त हचुवा, काल्पनिक, आधारहिन तथा पूर्वाग्रहयुक्त रहेको भण्डारीको ठोकुवा छ । ‘मुद्दासँग असम्बन्धित सन्दर्भ र प्रसंगले फैसलाका पृष्ठ भरिएका छन् भने मिसिलमा रहेका दस्तावेज र प्रमाणले कहिंकतै समर्थन नगर्ने लामा वाक्यको भरमा मलाई दोषी करार गर्ने कार्य भएको पत्रकार भण्डारीले उजुरीमा उल्लेख गरेका छन् ।

‘न्यायाधीशले औपन्यासिक शैलीमा सम्पूर्णतः काल्पनिक पटकथा बनाएको फैसला पढ्ने जोसुकैलाई अनुभूति हुन्छ ।, ‘मेरा बारेमा अदालतले बनाएको धारणा मनोगत छन् र नागरिकलाई दण्डसजाय दिंदा वस्तुनिष्ठतालाई आधार बनाउनुपर्ने न्यायिक मान्यताको धज्जी उडाउँदै न्यायाधीशले सो फैसला कुनै प्रभावमा आएर गर्नुभएको फैसलाबाटै प्रमाणित हुन्छ ।’

न्यायाधीश स्वयंले दण्डसजायको नामाकरण (तुच्छ सजाय) गर्ने कार्य भएको छ । यसबाट कानुन कार्यान्वयनको दायित्वभन्दा पृथक न्यायाधीश स्वयंले कानुन निर्माणको नियत देखाइएकोले शक्ति सन्तुलनको सिद्धान्तका आधारभूत मान्यतामा प्रहार भएको पत्रकार भण्डारीको बुझाई छ ।

‘यसबाट न्यायाधीशको हैसियत र मर्यादा नाघेर न्यायाधिश आचार्यले स्वेच्छाचारिता प्रदर्शन गर्नुभएको देखिन्छ । दण्डसजायको पुष्टिकरण पनि फैसलामा गरिएको छैन । यसबाट न्यायाधीश आचार्यले मेराविरुद्ध पूर्वाग्रही तरिकाले फैसला लेख्नुभएको आरोप लगाउन सकिने अवस्था बनेको छ ।, उल्लेख गरिएको छ ।’ निर्मला हत्याकाण्डमा दिलिप विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि सालो बचाउनका लागि भण्डारीले युटर्न गरेको आरोप छ । उनी बिरुद्ध अधिवक्ता बिनोद भट्ट सहित बमदिदि बहिनी, आयुस विष्ट, किरण विष्ट समेतले मुद्दा दायर गरेका छन् । आफु बिरुद्ध जती मुद्दा परेपनि निर्मलाको न्यायका लागि लड्ने उनको भनाई थियो ।

न्यायाधीशको आचारसंहिता र नैतिकता विपरीत हुने गरी न्यायाधीश आचार्यले केही कानुन व्यवसायीले आयोजना गरेको बनभोजमा सहभागिता जनाएर भोजभतेर गरेको पत्रकार भण्डारीको आरोप छ । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले मुद्दा प्रमाणिकरण भएको मितिबाट प्रतिबादीले आफैले थाहा पाउनुपर्ने व्यवस्था भएको बताए ।

‘हामीले उहाँलाई भेटेर थाहा गराउने होईन, ‘श्रेस्तेदार अवस्थीले भने, ‘यो स्वयम प्रतिवादीले आफैले थाहा पाउनुपर्ने व्यवस्था छ ।’ न्यायालय नै निर्मला हत्याकाण्डमा मिलोमतो भएको पत्रकार भण्डारीको आरोपमा सत्य हो, भन्ने प्रशनमा श्रेस्तेदार अवस्थीले आफुलाई कैद भएकाले मिथ्या आरोप भएको बताए । श्रेस्तेदार अवस्थीले कसैले न्यायालयको मिलोमतो भएको भन्दैमा मिलेको हुन्छर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *