नेपाली कांग्रेस बेलौरी ९ को परिच्यात्मक कार्यक्रम तथा अन्तरकृया सम्पन्न

बेलौरी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं.९ को आयोजनामा आज परिच्यात्मक कार्यक्रम तथा अन्तरकृया सम्पन्न भएको छ ।

संविधान सभा सदस्य दिवान सिह बिष्टको प्रमुख आतिथ्य, नेपाली कांग्रेस बेलौरी ९ का सभापती किसन सिह रानाको अध्यक्षतामा कार्यक्रम आयोजना भएको बेलौरी नगरपालिका वडा नं.९ का सचिव धिरेन्द्र भट्टले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

कार्यक्रममा स्थानीय विकासका बारेमा छलफल भएको थियो । यस क्षेत्रकी खानेपानी मन्त्री विना मगरले जनताको पक्षमा काम गर्न नसकेको निष्र्कष निकाल्दै झिन जनतालाई करले डामी रहेको नेपाली कांग्रेस प्रदेश सभा क का उमेदावर गोपाल गुरुङले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।


कार्यक्रममा जनताको पक्षमा जनप्रतिनिधी भएर गएकाहरुले जनताको पक्षमा काम गर्न नसकेको बताउदै भ्रष्टचारमा लिप्त रहेको निष्र्कस निकाल्दै नेपाली कांग्रेसले अव चेतावनी स्वरुप खवदारी गर्नेमा कांग्रेस एक ढिक्का भएको बताए ।
जनताको जनमतको कदरै गर्न नसक्नेहरुले नैतिकताको हिसावले पनि राजिनामा दिनुपर्ने कांग्रेसको निष्र्कस रहेको थियो ।

संविधान सभा सदस्य तथा विकास प्रेमी नेता दिवान सिह बिष्टले भने अहिले यस क्षेत्रका जनतालाई न्याउरी मारी पछुतो भएको जस्तो आभाष भएको बताउदै अब अब जनताले सबैकुरो बुझिसकेको र कम्युनिष्टलाई टर्चबालेर खोज्नुपर्ने अवस्था नित्ति सकेको बताउनु भयो । उनले भने विकास प्रेमी विना की म त्यो जनताले अव देखाउने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति हरी बोहरा, सचिव इश्वरी जोशी, प्रदेश सभा क का उमेदवार गोपाल गुरुङ, क्षेत्रीय सभापति गोपी उपाध्याय, पुर्व क्षेत्रीय सभापति हरेन्द्र बिष्ट, जिल्ला सदस्य जनक धामी, हरीचन्द्र राना, बेलडाँडी नगर सभापति हर्कदेव जोशी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

साथै कम्युनिष्टबाट कम्युनिष्टको कार्यशैली घिनलाग्दो भएको भदै ३० जना नेकपाका कर्यकर्ताले पाटी परित्याग गरी नेपाली कांग्रेस प्रवेश समेत गरेको वडा सचिव भट्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्