काँग्रेसको शुभकामना आदान प्रदान कञ्चनपुरको भ्रष्टाचार रहित विकास र सम्बृद्धिको कामना

 कञ्चनपुर,
नेपाली काँग्रेसले हरेक बर्ष कोजागत पुर्णिमाका दिन विजयादशमी, शुभ दिपावली तथा छठको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राख्दै आएको छ ।

यस बर्ष पनि नेपाली काँग्रेसले कञ्चनपुर सहित देशभरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले समेत पार्टी कार्यालय भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा जिल्लास्तरिय कार्यक्रम राखेको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले काँग्रेसले परम्परागत रुपमा मनाउदै आएको आपसी भाईचारा, सद्भावको चियापान एव शुभकामनन आदान प्रदान गरेको बताए । सभापति बोहारले नेपालीका मुख्य तीन चार्डपर्वका अवसरमा गरिएको शुभकामना आदान प्रदानले समाजिक सद्भाव जागृत गराएको बताए ।

सभापति बोहराले तीनै मुख्य पर्वपछि भ्रष्टाचार रहित विकास र सम्बृद्धिको कामना गर्दै अतिथिलाई स्वागत गरेका थिए । काँग्रेस निकट नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य गणेश भट्टले काँग्रेस चियापानले नयाँ उर्जा थपेको बताए । पार्टीको अनुशासन एव पार्टी विधि प्रकृयामा हौसला प्रदान गरिएकाले नेवि संघ उत्साहित भएको बताए ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक धामीले शुभकामना आदान प्रदानसंगै पार्टीपंङक्तिलाई थप उर्जावानका साथै सद्भाव बृद्धि गरिएको बताए ।
आपसी समझदारीले लोकतान्त्रको रक्षा हुने बताए । नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ निलम लेखकले कार्यक्रमबाट महिला उत्साहित भएको बताउदै लामो समयपछि विभिन्न बस्ती तथा पाटीपङक्तिमा काम गर्ने महिला नेतृविच भेटघाटले थप सद्भावका साथै अपटु डेट गराएको बताए । उनले परम्परागत रुपमा मनाउदै आएको पर्वले एक खाले संस्कार सिकाउने दावि गरे ।
नेपाल प्रेस यूनियन कञ्चनपुरका सभापति अमर बहादुर चन्दले कार्यक्रम मार्फत लोकतन्त्र बलियो हुने बताए । यूनियनका सभापति चन्दले बर्षदिनमा जम्काभेट गराउने पर्वको रुपमा रहेको चित्रण गरे ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका पदाधिकारी, विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, शिक्षक, मजदुर नेपाली काँग्रेसका पुराना नेता, कार्यकर्ता, जिल्ला नेता एव कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *