बार्षिकोत्सवमा कञ्चन टुडेद्वारा अनाथालयमा खाद्यान्न

महेन्द्रनगरबाट प्रकासित हुने कञ्चन टुडे राष्ट्रिय नेपाली दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सवको अवसरमा अनाथालयमा खाद्यान्न वितरण गरिएको छ ।

आइतबार कञ्चन टुडेको प्रथम बार्षिकोत्सव अवसरमा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अनाथालयमा खाद्यान्न वितरण गरिएको छ ।
कञ्चन टुडेका सम्पादक तथा प्रकासक कोमलनिरन्जन भाटले समाजिक सेवा गर्ने उदेश्यका साथ अनाथालयमा खाद्यान्न वितरण गरिएको बताए । उनका अनुसार चामल, दाल, तेल, नुन सहयोग गरिएको छ । भने बालबालिकालाई चकलेटका साथै जुस वितरण गरिएको थियो ।

कञ्चन टुडेका सम्पादक प्रकासक भाटले महकाली अञ्चल बाल अनाथालयमा कोषाध्यक्ष लवराज भट्टलाई उक्त खाद्यान्न समाग्री हस्तान्तरण गरे । कार्यक्रममा कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका क्याम्पस प्रमुख डा. राज कुमार साउद, नागरिक समाजका अगुवा प्रभुनिधी पन्त सहितका पत्रकारको सहभागिता रहेको थियो ।

अधिकारकर्मी समेत रहेका कञ्चन टुडेका सम्पादक एव प्रकासक भाटले आगामी दिनहरुमा समेत अनाथालयमा सहयोग गर्ने बचन दिए । गत बर्ष असोज २६गतेदेखि कञ्चन टुडे प्रकासनमा आएको थियो । टुडेले समाजिक विकृती, भ्रष्टाचार बिरुद्ध एव समाजिक हितका साथै सुशासनका क्षेत्रमा विषयबस्तु प्रकासन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *