विपन्नलाई कम्बल र त्रिपाल

कञ्चनपुर,
कञ्चनपुरका विपन्न समुदायलाई कम्बल र त्रिपाल वितरण गरिएको छ ।

समाजवादी पार्टी नेपाल कञ्चनपुरले जिल्लाका विपन्न समुदायलाई कम्बल र त्रिपाल वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच गरिब, बुद्धबृद्धा, सुत्केरी महिला र अपाङता भएका व्यक्तिलाई न्यानो लुगा कम्बल र प्लाष्कि निःशुल्क वितरण गरेको छ ।

समाजवादी पार्टीका परिष्द सदस्य अभिषेक सिह गुमाल(गुरु)ले समाजिक सेवा गर्ने उदेश्यका साथ न्याना कपडाका साथै त्रिपाल वितरण गरिएको उनका अनुसार पाँच/पाँच सय थान कम्बल र त्रिपाल वितरण गरिएको छ । यस्तै समाजवादी पार्टीले भीनपा २का विष्पती डगौरा, १३ का अखे लुहार र १५ का राधिका खुना पार्टी वडा अध्यक्षलाई पनि साईकल वितरण गरेको छ । पार्टीका कामकालागि भन्दै उनीहरुलाई साईकल वितरण गरेको हो । निःशुल्क कम्बल र त्रिपाल वितरण गरेपछि उनीहरु हर्षित भएका छन् ।

समाजवादी पार्टीका परिष्द सदस्य अभिषेक सिह गुमाल(गुरु)ले आफ्नो र प्रदेश सदस्य सिद्धराज सोतीको व्यक्तिगत अथक प्रयासका बाबजुत विपन्त गरिब समुदायलाई न्याया कपडा र त्रिपाल वितरण गरेको बताए ।

समाजवादी पार्टीका अध्यक्ष राधेश्याम भट्टको अध्यक्षता एव पुर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री समेत रहेका समाजवादीका केन्द्रीय उपाध्यष रकमचेङजोडङको प्रमुख आथित्यमा वितरण गरिएको थियो ।

समाजवादी कञ्चनपुरका युवा नेता लोक बहादुर बलायकरले संचालक गरेको वितरण कार्र्यक्रममा उक्त पार्टीका गाँउ, नगर, जिल्ला प्रदेश केन्द्रसहित स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *