महाकाली नगरका जनप्रतिनिधी र युवाले कैदी बन्दीलाई खसी र चिउरा दिए

कञ्चनपुर,

कञ्चनपुरका कैदीबन्दीलाई महाकाली नगरपालिकाका जनप्रतिनिधी एव युवाहरुले खसी र चिउरा उपहार दिएका छन् ।

दशौँ तिहारका बेला कैदीबन्दीलाई पनि दशैँ मनाउनका लागि सहजता होस भन्नका लागि महाकाली नगरपालिकाका जनप्रतिनिधी एव युवाहरुले खसी दिएका हुन् । शुक्रबार महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजाली एव नगर प्रमुख बीर बहादुर सुनारका स्वकीय सचिव सुरेश गिरी लगायतका युवाहरुले खसी र चिउरा दिएका हुन् ।

उनीहरुले जिल्ला कारागार कार्यालय महेन्द्रनगर पुगेरै खसी र चियरा दिएका थिए । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले दशौँमा कैदीलाई पनि घरकै जस्तो आबास गराउनका लागि खसी चिउरा दिएको बताए ।

कञ्चनपुर कारागारका प्रमुख कैदीबन्दी नायिके पुष्करराज जोशी(अनन्त)ले महाकाली नगरका जनप्रतिनिधी एव युवाहरुले दिएको खसी र चिउराले केही राहत पुग्ने बताए । उनका अनुसार अन्य क्षेत्रका युवाहरुले समेत कैदीबन्दीलाई खसी दिने आश्वासन दिएको बताउदै संगै काटेर सामुहिक खाने बताए । कञ्चनपुर कारागारमा अहिले ३सयको हाराहारीमा कैदीबन्दी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *