भीमदत्त नगर ५मा कबड्डी प्रतियोगिता शुरु

भीमदत्त नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा वडा स्तरिय खुला कबड्डी प्रतियोगिता शुरु भएको छ ।

शुक्रबारदेखि वडाकै सत्यावादी माध्यामिक विद्यालयको प्राङगणमा वडा स्तरिय कबड्डी प्रतियोगिता–२०७६ शुरु भएको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मेयर विष्टले प्रतियोगिताबाट नगर क्षेत्रको कबड्डी खेलको विकास हुने अपेक्षा राखे । मेयर विष्टले एक वडा एक खेलकुद कार्यक्रम अनुसार भीनपा ५ ले आयोजना गरेको प्रतियोगिताबाट खेल क्षेत्रमा थप उर्जा थपेको बताए ।

वडाको एकिकृत विकासका लागि नगरपालिकाले आफ्नो क्षेत्रबाट विभिन्न विकास निर्माणका योजना अघि सारेको बताए । भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदन बहादुर चन्दले कबड्डी खेलको संरक्षण र विकासका लागि आयोजना गरिएको बताए । उनका अनुसार कबड्डी खेल पुरानो खेल भएकाले लोपभईरहेको सन्र्दभमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजकका दुई टिम सहित १६ टिम सहभागि भएका छन् ।

२, ४, ११, १४ र १५ वडाबाट टिम सहभागि भएका छैनन् । प्रथमलाई २०, द्वितियलाई १५ र सान्त्वना दुई टिमलाई ५/५ नगद सहित प्रमाण पत्र प्रदान गरिने छ । उद्घाटनकै दिन भीनपा ७, ८ र १३ले जितेका छन् । ८ ले आयोजक ५(ए)संग, भीनपा ७ ले ११ संग वाक ओभरमा र १३ र १७विच भएको प्रतियोगितामा १३ले जित शुरुवात गरेको छ । अहिलेपनि विभिन्न वडाका टिमविच खेल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *