प्रविधिमैत्री शिक्षक समाजको अध्यक्षमा जोशी

प्रविधीमैत्री शिक्षक समाज कञ्चनपुरको अध्यक्षमा भानुभक्त जोशी चयन भएका छन् ।

प्रविधिमैत्री शिक्षक समाज कञ्चनपुरको प्रथम जिल्ला भेलाले जोशीलाई अध्यक्षमा चयन गरेको हो । प्रविधिमैत्री शिक्षक समाज सदस्य प्रमानन्द नाथले सहमतीय आधारमा कञ्चनपुरको कार्य समिति चयन गरिएको बताए । सदस्य नाथका अनुसार उपाध्यक्ष बिरेन्द्र प्रशाद भट्ट, महिला उपाध्यक्ष विमला बोगटी, सचिव गणेश दत्त शर्मा, कोषाध्यक्ष जयन्ती भट्ट, सह–सचिव कलावती भट्ट र सदस्यहरुमा रोमाकान्त उपाध्याय, जानु आग्री, भुवन भट्ट, लोकराज भट्ट, ज्ञानु प्रशाद बोहरा, मदन विष्ट, भगिरथ पाण्डेय, धन बहादुर क्षेत्री, गोबिन्द नायक,राजेन्द्र प्रशाद भट्ट, विवेक कलौनी, केशवराज पन्त र लक्ष्मण राज जोशी चयन भएका छन् ।

प्रविधिमैत्री शिक्षक समाज सुपका अध्यक्ष गणेशराज ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रा.डा नारद अवस्थी प्रमुअ अतिथि रहेका थिए । कार्यक्रमको संचालन प्रविधिमैत्री शिक्षक समाज सुप प्रदेशका सचिव नवराज पन्तले गरेका थिए । सिसैयामा निःशुल्क आँखा शिबिर आँखा अस्पताल महेन्द्रनगरको आयोजनामा बेदकोट नगरपालिका–६ सिसैयाको भुवनेश्वर माध्यामिक विद्यालयमा निःशुल्क आँखा शिबिर आयोजना गरिएको छ ।

ग्रामीण भेगका नागरिकको स्वस्थ ज्योतीका लागि आँखा शिबिर आयोजना गरिएको हो । आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बीर सिह धामीले समाजिक दायित्व अनुसार ग्रामीण भेगका निःशल्क आँखाको चेकजाँच शिबिर संचालन गरिएको बताए । उनका अनुसार शिबिरमा ३ सय ७६ जनाको आँखा चेकजाँच गरिएको थियो । ६५ जनामा गम्भिर प्रकृतिका बिरामी भेटिएका छन् । उनीहरुको आँखाको सल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमा बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *