स्थानीय सरकारका कामकाज नियाल्दै जनमोर्चा

कञ्चनपुर,
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय तहमा हुने भ्रष्टाचार, अनियमिता र विकृती रोक्नका लागि भन्दै जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो । मंगलबार बेदकोट र शुक्लाफाँटा नगरपालिकाका प्रमुखलाई जनताप्रति उत्तरदायी बनाउनका लागि ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैठौँका केन्द्रीय महासचिव महेशराज जोशीले स्थानीय तहमा भईरहेको विकृती, भ्रष्टाचार र अनियमिता रोक्नका लागि चालु आर्थिक बर्षको समयमै ध्यानाकर्षण गराएको बताए । नेता जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी, महालेखा परीक्षकको प्रतिवेदन सहित आम नागरिकबाट स्थाीय तह भ्रष्टाचार उन्मुख भईरहेकाले समयमै जनप्रतिनिधीलाई सचेत गराउनका लागि ध्यानाकर्षण गराएको बताए ।

नेता जोशीले स्थानीय तहको योजनाको अवस्था, चालु र पुँजिगत खर्चको विवरण, पुँजिगत रकम फ्रिज, संघ, प्रदेश र अन्य दातृ निकायबाट आएको अनुदान रकम, नगरसभाबाट गरिएका महोत्सव नीतिगत योजना, आन्तरिक आय र खर्चको अवस्था, योजना अनुगमन समितिको विवरण, सवारी साधनको लकवुक विवरण, नगरपालिकाका पदाधिकारीले लिएको सेवा सुविधाको विवरण सहितका जनचासोका विषय सात दिनभित्र उपलब्ध गराउन समेत माग गरिएको छ ।

यथार्थ विवरण नदिए जनताका विचमा जाने जनमोर्चाका नेताहरुले चेतावनी दिएका छन् । जनमोर्चा कञ्चनपुरले जिल्लाभरीका स्थानीय तहमा ध्यानाकर्षण बुझाउदै देश र जनताको हितका जनप्रतिनिधीलाई उत्तरदायी बनाउने जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै बेदकोटका मेयर अशोक चन्द र शुक्लाफाँटाका मेयर दिल बहादुर ऐरले जनमोर्चाले उठान गरेका विषयमा आफुहरु गम्भिर भएको र आवश्यक समाग्री उपलब्ध गराउने नेताहरु समक्ष बचन दिएका थिए ।

मेयरद्वय चन्द ऐरले नगरको सम्बृद्धि र विकासका लागि जनमोर्चाको थप सुझाव आवश्यक रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम बहादुर कार्की, मसालका जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, जातिय समताका महासचिव गोबिन्द नेपाली, राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैठौँका केन्द्रीय महासचिव महेशराज जोशी, सहित जनमोर्चा जिल्ला, स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *