सुदुरपश्चिममा पहिलो पटक जैविक कोइला उत्पादन गर्ने उद्योगको स्थापना

किशोर तमाङ्ग/पुनर्वास

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा कोइला (गडढ्ढा ) उत्पादन गर्ने उद्याेग सञ्चालनमा आएको छ।

स्थानीय उद्योगहरुको लागि उर्जा उत्पादन गरि स्वदेशी पुँजी विदेश पलायन रोक्दै अर्थतन्त्र दरिलो पार्न कन्चनपुरका युवा ब्यबसायीले सुदुरपश्चिममा पहिलो पटक जैविक कोइला उत्पादन गर्ने उद्योग स्थापना गरेको उद्याेग मालिकले जनाएको छ।

पश्चिम नेपालको कंचनपुर स्थित पुनर्वासका युवा ब्यबसायी दाउत निर्माण सेवा तथा रिजन हयूमपाईप कन्स्ट्रक्सनका सञ्चालक दाउत तामाङ्ग र जगदम्बा ईट्टा उधोगका संचालक रमेश बिष्टले पुनर्वास नगरपालिका २ दशरथबस्तीमा रियान बायो विक्रेट उद्योग संचालनमा ल्याएका छन् ।

६० लाखको लगानीमा सुदुरपश्चिममा पहिलो पटक स्थापना गरिएको जैविक कोइला उत्पादक उद्योगले सुदुर पश्चिमका इटा उद्योगहरुका लागि इन्धन आपूर्ति गर्ने लक्ष्य लिइएको रियान बायो विक्रेट उद्योगका संचालक दाउत तामाङ्गले बताए ।


आइतबार देखि विधिवत रुपमा संचालनमा आएको उक्त जैविक कोइला उत्पादक उद्योगले सुदुरका ७० वटा इटा उद्योगहरुलाई इटा पकाउने ईन्धन आपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो।

सुदुर पश्चिममा संचालनमा रहेका ७० वटा इँटा उद्योगले अहिले भारतबाट कोइला आयात गरेर इँटा उत्पादन गर्दै आएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महाकाली इटा ब्यबसायी संघ दक्षिण बेल्टका अध्यक्ष कृष्णबहादुर तामांगले बताए ।


कन्चनपुरको दक्षिणी क्षेत्रमा संचालनमा आएका चिनी उद्योगहरुबाट निस्कने मलका रुपमा प्रयोग गरिने धुलोबाट कोइला उत्पादनको प्रयास सुदुर पश्चिममै पहिलो रहेको छ । सुरुमा २ /४ वटा इँटा उद्योग लाइ इन्धन आपूर्ति गर्ने लक्ष्यका साथ् जैविक कोइला उत्पादनको काम सुरु गरिए पनि ३ वर्ष भित्र सुदुरका सबै ईटा उद्योगहरु लाई इन्धन आपूर्ति गर्ने लक्ष्य बनाइएको उद्धमी दाउत तामाङ्गले बताए ।
आइतबार भागेश्वर सुगर मिलका संचालक टेकबहादुर बोगटीले रिवन काटेर उद्घाटन गरेको जैविक कोइला उद्योगको उद्घाटनका अबसरमा पुनर्वासका उद्याेगपती, ब्यवसायीहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *