काँग्रेसको जागरण अभियान शुरु

कञ्चनपुर,

कञ्चनपुरका ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा ६ सय ३६ बिरुवा रोपिए,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्र्तरगत राष्ट्रिय जागरण अयिभान शुरु गरेको छ ।

बुधबारदेखि कञ्चनपुर सहित देशभरीका प्रदेश सभा निर्वाचन क्षेत्रमा एकसाथ हिमाल, पहाड तराई–मधेश नेपाली काँग्रेसको दोस्रो चरण अभियान शुरु गरिएको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले जननेता विपी कोईरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर दोस्रो चरणका कार्यक्रम शुरु गरिएको बताए ।

उनका अनुसार कञ्चनपुरका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा १०६ का दरले जिल्लामा ६ सय ३६ बिरुवा रोपिएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ अन्र्तरगत बेलौरी र पुर्नवासमा कार्यक्रम गरिएको छ ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र १(ख)का सभापति चेतन कुमार राईले १(ख) अन्र्तरगत बेलौरी नगरपालिकाको जनज्योती विद्यालय तथा क्याम्पस परिसरमा बृक्षारोपण गरिएको बताए । उनका अनुसार पुर्नवास र बेलौरी क्षेत्रमा एकसाथ बिरुवा रोपिएका छन् । काँग्रेस क्षेत्र नम्बर २का अनुसार सो क्षेत्रमा समेत बृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ अन्र्तरगत (क) र (ख)ले पनि भव्य रुपमा मनाएको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर ३(क)का सभापति प्रकास जोशीले विपीको सालिकमा माल्पार्यणका साथै महेन्द्रनगरमा एनडि चटौत प्रतिष्ठानमा बृक्षारोपण गरिएको बताए । काँग्रेस क्षेत्र ३(ख)का सभापति नर बहादुर साउदले पनि विपीको सालिकमा माल्यापर्णका साथै भीमदत्त नगरपालिका १८ कटानमा बृक्षारोपण गरिएको बताए । यस अघि काँग्रेसले पहिलो चरणको संघर्षको कार्यक्रम सकेर दोस्रो चरणको शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *