जगदम्बा टोलको प्रथम साधारणसभा सम्पन्न साथै नयाँ कार्यसमिति चयन

बिकाश सिंह महता/कञ्चनपुर

भीमदत्त नगरपालिका वडा न. ६ अवस्थित जगदम्बा टोल बिकास समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ।

साथै अनुज प्रसाद भट्टको अध्यक्षतामा जगदम्बा टोल विकास समितिले आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। कार्यसमिति उपाध्यक्षमा हरि कुमार पाण्डे ,सचिव पार्वती नेगि कार्की , कोषाध्यक्ष आशा चन्द र सदस्यहरुमा मीन बहादुर शाह, दान बहादुर महरा,उत्तम ऎर,देवकी गिरि ,अम्बिका नाथ ,राधिका चन्द,हरिश भट्ट रहेका छन् ।

भने जगदम्बा टोल बिकास समितिको प्रथम साधारणसभा बाटा आजिबन सदस्यता प्रमाणपत्र भीमदत्त नगरपालिका उपप्रमुख सुशील चन्द सिंह र वडा न. ६ का अध्यक्ष हरक सिंह धामिले सयुक्त रुपमा बितरण गरिएको थियो। टोल बिकासका लागि बजेटको विनियोजन संगौ उक्त टोलमा पर्ने नाला, कल्पटको तत्काल समस्या समाधानका लागि तीन लाख दिने प्रतिबद्धताका साथै उक्त नाला अन्तर्गत पर्ने ठुला रुखलाई कटान गरि नाला लाई व्यवस्थित बनाइने नगर उपप्रमुख सुशील चन्द सिंहले बताइन् ।

आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुका साथै उक्त टोलमा रहेका कच्ची सडकलाई चैत्र महिना भित्र ग्राभेल गर्ने प्रतिबद्धता वडा अध्यक्ष धामिले जाहेर गरेका छन। सभापति अनुज भट्ट , प्रमुख अतिथि उपमेयर सुशील चन्द सिह, विशिष्ट अतिथिमा वडा अध्यक्ष हरक सिंह धामी, अतिथिमा टोल विकास समिति सल्लाहकार इन्जिनियर धर्मानन्द अवस्थी र धनमति बिष्ट रहनु भएको थिए भने स्वागतमत्व आजिवन सदस्य एवम् टोल विकास कार्यसमतिका सदस्य मीन बहादुर शाहले राखेका थिए र कार्यक्रम संचालन कार्यसमिति सचिब पार्वती नेगि कार्किले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *