जंगली हात्तीले कञ्चनपुरमा आतंक मचाउदा समेत सम्वन्धित निकाय मौन

जंगली हात्तीले कञ्चनपुरका विभिन्न ठाउँका स्थानीयलाई दुःख दिदा समेत सरोकारवाला पक्ष मौन रहेको स्थानीय हात्ती पीडितको भनाइ रहेको छ ।

जंगली हात्तीले कहिले धान त कहिले ऊखु नष्ट गरिरहेको स्थानीय किसान नन्दविर बुढा बताउछन् । बुढाका अनुसार बर्ष भरी मेहनत गरेर हुर्काउका ऊखुमा हात्तीको झुण्डले २ बिघा भन्दा बढी ऊखु नोक्सान गरेको दुःखेसो पोख्नु भयो ।

गए राती १४ गते २२,२३ जती हात्तीको समुहले बेलडाँडी गाउँपालिका वडा नं.५ मा लगाएको ६ बिघा ऊखु मध्ये २ बिघा भन्दा बढी ऊखु खाएर नोक्सान गरेको बताए । यसरी हात्तीले नोक्सान गर्दा समेत सरोकारवालाले चसो नदेखाउदा स्थानीय किसान निराशा हुदै गएका छन् । हात्तीले जति नोक्सोन गरे पनि नियमानुसार रकम थोरै पाइने किसान बताउछन् ।

यस्तै केहिदिन पहिला बेलडाँडी १ मा एक किसानको लगाएको सबै धान सखाप पारेको थियो । यस्तै दैजी, बागफाटा उल्टाखाम, शुक्लाफाटामा हात्तीले आतंक मचाउदै आएको छ । धन जनको क्षति गरे पनि पच्छिल्लो समयमा मानवी क्षती भने पुगेको छैन् । दैजी बेलडाँडी सडक खण्डमा ओहोर दोहोर गर्नेबेला पनि सर्तकता अपनाउनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *