हलिया समुदायका लागि पुर्नस्थापनामा सहयोग कार्यक्रम

कञ्चनपुर जिल्लाको विभिन्न क्षेत्रमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले हलिया समुदायका लागि पुर्नस्थापनामा सहयोग हुने खालका कार्यक्रम लागु गर्न छलफल गर्दै आएको छ ।

कञ्चनपुरको भी.न.पा, बेदकोट न.पा., शुक्लाफाँटा न.पा., पर्नवास न.पा., कृष्णपुर न.पा., बेलडाँडी गाउँपालिकाका हलिया बस्तीहरुमा हलियाहरुको पैरबी गर्ने खालका कार्यक्रम गर्दै आएको परियोजना संयोजक मिथुन सिजापतीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार हलिया समुदायका मान्छेलाई पनि स्थानीय सरकारले गर्ने हरेक गतिविधीमा समावेश गराएर यनिहरुका लागि क्षमता अभिबृद्धी जस्ता कार्यक्रम स्थानीय सरकारहरुले पनि ल्याउनु पर्नेमा जोड दिए ।

आफुहरुले पनि विभिन्न शिपमुक तालिम, आर्थिक सुधारहुने खालका कार्यक्रम ल्याएको बताउदै अझै सबै पक्षबाट हलियाहरुको लागि सोचिदिने हो भने समस्या टरेर जाने बताउनु भयो ।

केहि दिन पहिले बेलडाँडीमा सो कार्यक्रम गरेको बेलडाँडीका धन बहादुर सुनारले जानकारी गराउनु भयो । हलियाहरुका लागि आभाष दिने भने पनि अहिले सम्म कुरामा मात्र सिमित भएको बताउदै यहाँका समस्यामा यहाँको सरकारले मलपट्टी गरिदिएको भए पनि केहि राहत हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *