बेलडाँडी गाउँपालिकाद्वारा वनमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र

कञ्चनपुर,
बेलडाँडीको स्थानीय सरकारले संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएकोछ ।

शनिबार बेलडाँडी गाउँपालिका–२ कालिकिच ताल क्षेत्रमा निकुञ्ज प्रवेसद्वारको शिलान्यास गर्न बेलडाँडी पुगेका बनमन्त्री बस्नेतलाई बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले ज्ञापन पत्र बुझाएका छन् ।

गाउँमा विभिन्न समस्या दर्शाउँदै बेलडाँडी गाउँपालिका प्रमुख थापाले वनमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
थापाले बेलडाँडी विकासबाट उपेक्षित गरिएको क्षेत्रमा पहिलो पटक संघीय सरकारका दुई मन्त्री, प्रदेश सरकारका मन्त्रीको आगमनले बेलडाँडीको गौरब बढेको बताए । थापाले बेलडाँडीका वन तथा वातावरण संग सम्बन्धी विषयलाई बढि केन्द्रीत गरेका थिए ।

बेलडाँडीमा सामुदायिक वन बनाउने, वन्यजन्तुबाट हुने किसानका पीडा, दैजी बेलडाँडी सडकखण्ड अन्र्तरगत विच जंगलका सुरक्षा पोष्ट स्थापना, चौधर नदी र झर्नाखोलाको भुक्षयिकरण रोक्नुपर्ने, बेलडाँडी ग्रिनबेल्ट निर्माण, झिलमिला क्षेत्रको किसान मध्यमर्ती सामुदायिक वनमा रोजगारीका कार्यक्रम, निकुञ्जको बस्ती क्षेत्रमा सामुदायिक वन विस्तार लगायतका समस्या दर्शाउँदै अल्पकालिन, दिर्घकालिन रुपमा समाधान गरिदिन जोडदिएका थिए ।

गाउँपालिका प्रमुख थापाले पर्यटकिय कालिकिच ताल, निकुञ्ज प्रवेसद्वाराको मुल गेट निर्माण, चौधर नदिमा पक्की पुल निर्माण लगायतका विषयमा समेत वनमन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए । बेलडाँडीमा निकुञ्जको फाँटा प्रवेसका लागि प्रवेसद्वारसंगै चौधर नदीमा पुल निर्माण भए मात्रै पर्यटकको रोजाईका लागि सो नाका हुने उनको भनाई थियो । बेलडाँडी गाउँपालिकाले वनमन्त्री समक्ष समस्याको चाङ बुझाउदै समाधानका लागि वनमन्त्रीको ध्यानाकर्षण गराए ।

पहिलो पटक संघीय सरकारका दुईमन्त्री वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत, खानेपानी तथा सरसफाईमन्त्री बिना मगर र सुप प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री माया भट्ट लगायत पुर्वमन्त्री शत्या पहाडी, पुर्व संभाषद टेकेन्द्र प्रशाद भट्ट, प्रदेश सभा सदस्य महेश दत्त जोशी, लाल बहादुर खडका, मान बहादुर सुनार, कुलबिर चौधरी लगायतका स्थानीय, प्रदेश र संघीय सरकारका पदाधिकारीको उल्लेख सहभागिता रहेको थियो ।

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले बेलडाँडीमा प्रवेसद्वार खुलेसगै निकुञ्ज अवलोकनका लागि सहज भएको बताए । वनमन्त्री बस्नेतले शुक्लाफाँटा निकुञ्जलाई खुला चिडियाखानाको रुपमा विकसित गराउने बताए ।

धनगढी विमानस्थल हुँदै सिधै बेलडाँडी भएर निकुञ्ज अवलोकनका लागि पर्यटकलाई सहज हुने मन्त्री बस्नेतको भनाई छ । ज्ञापन पत्र बुझ्दै मन्त्री बस्नेतले समस्या समाधानका लागि बचन दिएका छन् ।

सोही क्षेत्रकी प्रतिनिधी सभा सदस्य एव खानेपानीमन्त्री बिना मगरले ओझेलमा परेको बेलडाँडीको विकासका लागि यसरी भईरहेका कार्यक्रमबाट गाउँको दिगो विकास र समृद्धि हुने आशा व्यक्त गरिन् ।

उनले बेलडाँडीको एकिकृत दिगो विकासका लागि आफ्नो क्षेत्रबाट पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्रमा योजना विस्तार भईरहेको बताईन् ।

बेलडाँडी गाउँपालिका प्रवक्ता अमर खत्रीले यसरी एकै पटक बेलडाँडीको ऐतिहासिक पर्यटकिय क्षेत्र कालिकिच तालमा स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधी तथा मन्त्रीको आगमनसंगै सो क्षेत्रको पर्यटन प्रर्बद्धन हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्