सुप विश्वविद्यालयमा पदाधिकारी नियुक्तीको माग

कञ्चनपुर,
कञ्चनपुरका विद्यार्थी विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा रिक्त पदाधिकारी उपकुलपति र रजिष्ट्रार नियुक्ती प्रकृया अघि बढाउन माग अघि सारेका छन् ।

आइतबार प्रमुख प्रतिपक्षीय दल काँग्रेस निकट नेवि संघ र प्रतिबन्धित नेकपा विप्लव समुहको अखिल क्रान्तिकारीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै तत्तकाल उपकुलपति र रजिष्ट्रार नियुक्ती अघि बढाउन माग अघि सारेका हुन ।

प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा केही विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयहरु जस अन्तर्गत सु.प. विश्वविद्यालय समेत प्रादेशिक सरकार अन्तर्गत पर्ने हुँदा सरकारले उत्तरदायित्व बाट पछिने कामकार्यबाहीको घोर निन्दा गरेको छ ।

यस्तै सुप विश्वविद्यालयमा स्वमयसेवकको रुपमा अमेरिकी दूतावासबाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोम्समाथी आर्थिक शोषण र दुर्ववहार गरी १० महिनाका लागि आएका प्राध्यापकलाई चार महिना मै फकाईएकोमा आपत्ति जनाएको छ ।

नेवि संघका सह–महामन्त्री अचुतराज कलौनी र अखिल क्रान्तिकारी सेती महाकाली संयोजक बिरेन्द्र शाहले हस्ताक्षर गरेको विज्ञप्तीमा जेम्स फर्किएको विषयमा आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *