ग्रासरुट लीग फुटबल प्रतियोगिता आज उद्धघाटन

 बिकास सिंह महता /कञ्चनपुर 

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरको महेन्द्रनगरमा रहेको खुलामञ्चमा ग्रासरुट लीग फुटबल प्रतियोगिता आयोजनाका साथै आज बिहान सात बजे उद्धघाटन हुने भएको छ।

अखिल नेपाल फुटबल संघले गत वर्ष भाद्र ३० गते देखि संचालन गर्दै आइरहेको एन्फा ग्रासरुट कार्यक्रम लीग २०७६ संचालनका लागि एन्फा द्धारा २०७६ साउन १६ गते पत्राचार गरेता पनि कुनै व्यवस्ता नगर्दा उक्त ग्रासरुट कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रतियोगिता छनोटका लागि आज मंसिर ७ गते देखि महेन्द्रनगरको खुलामञ्चमा उक्त कार्यक्रमको आयोजना कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन हुन लागेको संघका महासचिव रमेश चन्दले बताउनु भएको छ।

प्रतियोगितामा सहभागिताका लागि कञ्चनपुर जिल्लाका निजि तथा सामुदायिक विद्यालयहरु छात्र तर्फ ८ र छात्राका ४ टिमको सहभागिता रहेको र उक्त ग्रासरुट लिग फुटबल प्रतियोगिता एक महिना सम्म प्रत्येक शनिबारका दिन खेल हुने संचालन हुने कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य एवम् ग्रासरुट संयोजक टेकेन्द्र सिंहले बताएका छन।

ग्रासरुट कार्यक्रम कञ्चनपुरको विभिन्न क्षेत्रमा संचालनमा रहेता पनि ग्रासरुट् लीग महेन्द्रनगरमा आयोजना सकिए पछि अवको त्यसपछिको पालो कञ्चनपुरको दक्षिणी क्षेत्रमा ग्रासरुट लीगको आयोजना गरिने कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बताउनु भएको छ। फुटबल क्षेत्र लाई एका एक हाबी र खेलाडी लाइ प्रोत्साहन दिने उत्प्रेरित गराउने र खेलकुद लाई बिकास गर्ने उद्देश्यले आयोजना गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *