घुस्याहा वन अधिकृत सिडी पक्राउ

कञ्चनपुर,

वन क्षेत्रका कार्यालयमा अनियमिता, भ्रष्टाचार तथा वन फडानीकोे मुख्य कारण कर्मचारी रहेको पृष्टी भएको छ । कर्मचारीकै कारण नेपालको वन खसाप, तस्करी चोरी हुने गरेको एक घटनाले पृष्टी गरेको छ ।

वनबाट अबाञ्चित लाभ लिने वनका एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले डोटीका सहायक वन अधिकृत सुरेन्द चन्द्रडिसीलाई रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले सव डिभिजन कार्यालय विपीनगर डोटीका सहायक वन अधिकृत डिसीलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी टोप बहादुर विष्टले आइतबार साँझ सात बजेतिर उनको साथबाट तीन लाख २६ हजार सहित पक्राउ गरिएको बताए । सुचना अधिकारी विष्टका अनुसार सहायक वन अधिकृत डिसीले सेवाग्राहीबाट अनावश्यक उक्त रकम लिएका थिए । गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट पक्राउ परेका डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर ल्याईएको छ ।

‘सहायक वन अधिकृत डिसीले लिएको घुसको विषयमा यहाँ अनुसन्धान गछौँ, ‘सुचना अधिकारी विष्टले भने, ‘थप कार्बाहीका लागि आयोगको कार्यालय टङगालमा पठाउँछौँ ।’ वन क्षेत्रमा उपभोक्ता एव वन पैदावार बस्तु सप्लायर्सबाट वनका कर्मचारीले खुलेयाम घुस लिने गरेको उक्त घटनाले देखाएको छ ।

वन फडानी वनकै कर्मचारीबाट हुने घटनाले पुष्टी गर्छ । वन संरक्षणका लागि सरकारले जिम्मेबारी दिएका कर्मचारीबाट यस्तो घात हुन थालेपछि वन संरक्षणमाथी चुनौती थपिदै गएको संरक्षणकर्मीको चिन्ता छ ।वन लगायत विभिन्न सरकारी एव सार्वजनिक निकायका कार्यरत घुस्याहा कर्मचारी तह लगाउनुपर्ने स्थानीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *