गौरापर्बको अवसरमा फुटवल तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरिने

बेलडाँडी गाउँपालिका वडा नं.१ मा रहेको अल स्टार युवा क्लवद्धारा सुदूरपश्चिमेलीहरुले महान पर्वकारुपमा मनाउने गौरापर्वको अवसरमा भब्य गौरामेला तथा फुटवल खेल आयोजना गर्ने भएको छ ।

अल स्टार युवा क्लबका अध्यक्ष चेत शाह ठकुरीले भने गौंरापर्वको अवसरमा प्रत्येक बर्ष फुटवल आयोजना गर्ने गरेको बताउदै यो बर्ष पनि फुटवलका साथै गौंरामेला आयोजना गर्ने जानकारी गराउनु भयो ।

उहाँका अनुसार भदौं २ गते देखि १० गते सम्म फुटवल र भदौं ४ गते देखि १० गते सम्म गौरामेला देउडा लाग्ने जानकारी गराउनु भयो । अहिले सो कार्यक्रम गर्नको लागी तयारी तिव्र गतिमा भइरहेको छ ।

पहिलेको भन्दा फुटवल खेल व्यवस्थित गर्नुका साथै मेलालाई समेत मर्यादित बनाउने जानकारी गराउनु भयो । अहिले मेला आयोजना पनि क्लवले गर्ने जानकारी समेत गर्नु भयो ।

बेलडाँडी गाउँपालिका वडा न.१ का अध्यक्ष अम्मर बहादुर खत्री लगायत वडाको टिमले कार्यक्रम समपन्न गर्नमा विषेश सहयोग रहने जानाइएको छ ।

हिजो बसेको क्लबको बैठमा वडा अध्यक्षले युवाहरुलाई सकारात्मक काममा आफ्नो साथ सहयोग रहने जानकारी गराउनुका साथै यो क्लवले लागुऔषध नियन्त्रणमा पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो । आगामी दिनमा पनि युवाकै सहयोगमा र कार्यालयको पहलमा नमुना वडा बनाउन सकिने जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *