महाकाली नदी ग्राभिलिङ्ग संकलनमा लफडा,प्रहरीलाई घुस नदिदा अवरोध गरेको ठेकेदार कम्पनीको दावि गैर कानुनी काम नियन्त्रण गर्न खोजेको प्रहरीको भनाई

कञ्चनपुर,

महाकाली नदीबाट (ढुङ्गा, वालुवा, गिट्टी) उत्खनन्मा विवाद देखिएको छ ।

प्रहरी र ठेकेदारविच आरोप प्रत्यारोप चलेको छ । प्रहरीले मापदण्ड विपरित नदीमा जेसिभी लगाएर उत्खनन् भईरहेको भन्दै तीन जेसिभी सहित १६ टिप्पर नियन्त्रणमा लिएपछि विवाद देखिएको हो । शनिबार बिहान प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैया महाकाली नदिक्षेत्रबाट जेसिभी, चालक र टिप्पर नियन्त्रणमा लिएको थियो ।

महाकाली नदीबाट उठाईने नदीजन्य पदार्थको रोयल्टी काट्ने जिम्मा पाएको भवानी निर्माण सेवाले बिना कारण काम गरिरहेका चालक, टिप्पर र जेसिभी नियन्त्रणमा लिएर दुख दिन खोजेको जनाएको छ । प्र्रहरीलाई रकम नदिएपछि नियन्त्रणमा लिएको कम्पनीका संचालकहरुले आरोप लगाएका छन, भने, प्रहरीले वातावरणीय प्रभाव मुल्याङकन अनुसार मापदण्ड विपरित उत्खनन् गरिएको आरोप लगाएको छ ।

भवानी कम्पनीका प्रतिनिधी तेज बहादुर चन्दले महाकाली नदीबाट ढुङ्गा, गिट्टी वालुवा उत्खनन्का लागि जेसिभी प्रयोग हुने बताए । ‘यस अघिका बषौँ, बर्ष पनि जेसिभीबाटै संकलन हुन्थ्यो, ‘उनले भने, ‘आज आएर प्रहरीले के गर्न खोजेको हो, मैले बुझेन् ।’ महाकालीबाट ग्राभिलिङ्ग संकलनका लागि हात, अन्य औचारबाट सम्भव नहुँने जेसिभीको विकल्प नभएको बताए । नेपालभरका नदीनालाबाट जेसिभी लगाएरै उत्खनन् हुने गरेको बताउदै उनले प्रहरीको नियत ढिक नभएको आरोप लगाए ।

पुर्व सुचना बिनै धमाधम आएर मजदुरलाई पक्राउ गर्नु निन्दनीय काम भएको उनको भनाई छ । भीमदत्त नगरपालिबाट तीन करोड ७५ लाख रुपैयामा ठेक्का लिएको बताउदै उनले नगरपालिकाको सम्झौतामा प्रहरी लगाए जस्तो रोक नभएको बताए । उनले यस अघि संकलन गर्दा प्रहरीले रकम माग गरेको बताउदै रकम दिएपछि नरोकेको बताए । ‘प्रहरीलाई पैशा नदिएको झोकमा हाम्रा टिप्पर, भेसिभी नियन्त्रणमा लियो, ‘उनले भने, ‘मजदुरलाई अनाहकमा पक्राउ गरेर बयान लिईएको छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश कुमार आचार्यले मापदण्ड विपरित उत्खनन् र नदीखोलामा लगाउनै नहुने जेसिभी लगाएर उत्खनन् गरेकाले नियन्त्रणमा लिएको बताएका छन् । ‘महाकाली नदीमा ग्राभीलिङ्ग संकलनका लागि जेसिभी प्रयोग गरेको भेटायौँ, ‘प्रहरी प्रमुख आचार्यले भने, ‘त्यही भएर हामीले नियन्त्रणमा लिएका हौँ ।’ गैर कानुनी तरिकाबाट ढुङ्गा, गिट्टी र वालुवा संकलन भईरहेको हुँदा त्यसलाई रोक्नका लागि मात्रै प्रहरीले प्रयास थालेको उनको भनाई थियो । कानुन अनुसार संकलन भए त्यसलाई कुनै अवरोध नगर्ने बताए ।

मजदुरलाई पक्राउ नगरेको दावि गर्दै ठेकेदार बिरुद्ध थप प्रमाणका लागि उनीहरुसंग सोधपुछका लागि नदीबाट प्रहरी कार्यालयमा ल्याएको उनले बताए । ठेकेदारले दशौँ खर्च भन्दै १० हजार माग गरेको आरोप लगाएपनि प्रहरी पमुख आचार्यले कुनै रकमका लागि बार्किनिङ्गका लागि नियन्त्रणमा नदिएको र कानुन कार्यान्वयनका लागि भएको दावि गरेका छन् । महाकाली नदी किनारमा रोकिएका टिप्पर र चालक केही घण्टापछि छाडेपनि तीन जेसिभी भने प्रहरीले आफ्नै नियन्त्रणमा राखेका छन् । टिप्पर मालिक यज्ञराज बैद्यले पनि प्रहरीले के गर्न खोजिरहेको भन्दै आपत्ति जनाए ।

उनले स्वरोजगारमा रहेका मजदुर र आफुहरुमाथी प्रहरीले गरेको व्यवहार राम्रो नभएको टिप्पणी गरे । निहत्था चालक मजदुरलाई पक्राउ गरेको भन्दै काँग्रेस निकट मजदुर संगठनले आपत्ति जनाएको छ । नेपाल टे«ड यूनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टले मजदुरलाई बिना कारण गैर कानुनी तरिकाले पक्राउ गरेर ल्याउनु अपराध भएको बताए । ‘मुख्य अपराधी समान्तका लागि प्रहरीले आदालतको आदेश माग्छ, ‘उनले भने, ‘मालिकले अराएको काममा रहेका मजदुरलाई प्रहरीले पक्राउ गर्नु गैर कानुनी हो ।’

मजदुर थुन्नु धरकपट गर्नु र टर्चर दिनु राम्रो नभएको उनको भनाई छ । ‘मजदुरले जे मालिकले गर भन्छ, त्यही गर्ने हो, ‘मजदुरको के दोषि छ, ‘सकिन्छ, भने ठेकेदार र मालिक थुन्नुहोस ।’ मजदुरमाथीको यो कार्य प्रहरी दमन भएको मजदुर नेताको भनाई छ । मालिकसंग झुक्ने, मजदुर थुन्ने प्रवृति पनि ठिक नभएको उनको दावि छ । चालक मजदुरले समेत आफुहरुमाथी प्रहरीले बिना कारण पक्राउ गरि पेशाबाट बिमुख बनाउन खोजेको दुखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *