अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी

दाङ,

दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा गएराति करिब १२ः४५ को समयमा आगजनि भएको हुन सक्ने अनुमान गरीएको छ । अगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ ।
गाडिमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमान्डमा खटीएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको सई शर्माले बताए ।
बंगलाचुली गाउपालिका वडा नं.५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएको गाडीमा आगजनी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *