बेलडाँडी फुटवलको दोस्रो दिनको खेलमा हिमसागर, देवीदल र दिपेन्द्र सामुदायिक बन विजयी

सुदूर पश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसर पारेर अलस्टार युवा क्लवले अयोजना गरेको फुटवलको दोस्रो दिन भएका खेलमा हिमसागर, देवीदल र दिपेन्द्र सामुदायिक बन विजय भएका छन् ।

आज भएको विहान ८ बजेको पहिलो खेल हिमसार र सिद्धचोक बिच भएको खेलमा हिमसागर ० का विरुद्ध १ गोलले विजय भएको छ । भने दोस्रो खेल १० बजे देवीदल गण मजगाउँ र बैजनाथ बाहिनी झलारी बिच भएको खेलमा देवीदल गण मजगाउँ ० का विरुद्ध ५ गोलले विजय भएको छ ।

आजको अन्तीम खेल३ बजे दोधारा ब्वाइज क्लब र दिपेन्द्र सामुदायिक बन बङ्क विच भएको खेलमा २,२ गोलको बराबरी पछि पलान्टीक सुटआउट बाट दिपेन्द्र सामुदायिक बन विजय भएको आयोजक अलस्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाहले जानकारी गराउनु भएको छ ।

भोली तेस्रो दिनको पहिलो खेल विहान ८ बजे सनराइज र एम्वीसन बैवाह विच हुने छ भने दोस्रो खेल १० बजे सिहपाल युवा क्लव र जे एम फाइप झिलमीला विच हुने भएको छ भने भोलीको अन्तीम खेल अलस्टार ए र साउथ पोइन्ट विच साझ ३ बजे हुने भएको आयोजकले जनाएको छ ।

उक्त आयोजनामा १७ टिमको सहभागीता रहेको थियो । खेल समापन ८ गते २ बजे फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।
खेलको प्रथम पुरस्कार ४० हजार नगद र ट्रफी, प्रमाण पत्र, दोस्रो पुरस्कार २५ हजार नगद र ट्राफी, प्रमाण पत्र र तेस्रो हुने टिमलाई सान्तोना पुरस्कार दिने आयोजकले जनाएको छ ।

गौरा मेलाहेर्ने श्रदालुहरुले खेलको भरपुर्ण फाइदा लिनुका साथै बेलडाँडी, बेलौरी, चानदेव, लगायतका खेलप्रेमीहरुले मनोरन्जन लिन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *