बेलडाँडी फुटवलको तेस्रो दिनको खेलमा एम्वीसन, सिहपाल र साउथ पोइन्ट विजयी

सुदूर पश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसर पारेर अलस्टार युवा क्लवले अयोजना गरेको फुटवलको तेस्रो दिन भएका खेलमा एम्बीसन युवा क्लव बैवाह, सिहपाल युवा क्लव बेलौरी र साउथ पोइन्ट विजय भएका छन् ।

विहान ८ बजेको पहिलो खेल सनराइज र एम्वीसन बैवाह बिच भएको खेलमा एम्बीसनले ० का विरुद्ध ४ गोलले विजय भएको छ । भने दोस्रो खेल १० बजे सिहपाल युवा क्लव र जे एम फाइप झिलमीला बिच भएको खेलमा सिहपाल युवा क्लबले ० विरुद्ध ३ गोलले विजय भएको छ ।
आजको अन्तीम खेल३ बजे अलस्टार ए र साउथ पोइन्ट विच भएको खेलमा ०,० गोलको बराबरी पछि पलान्टीक सुटआउट बाट साउथ पोइन्ट ३ का विरुद्ध ४ गोलले विजय भएको आयोजक अलस्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाहले जानकारी गराउनु भएको छ ।

भोली चौथो दिनको पहिलो खेल विहान ८ बजे अलस्टार सी र चौपाते विच हुने छ ।
उक्त आयोजनामा १७ टिमको सहभागीता रहेको थियो । खेल समापन ८ गते २ बजे फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।
खेलको प्रथम पुरस्कार ४० हजार नगद र ट्रफी, प्रमाण पत्र, दोस्रो पुरस्कार २५ हजार नगद र ट्राफी, प्रमाण पत्र र तेस्रो हुने टिमलाई सान्तोना पुरस्कार दिने आयोजकले जनाएको छ ।

गौरा मेलाहेर्ने श्रदालुहरुले खेलको भरपुर्ण फाइदा लिनुका साथै बेलडाँडी, बेलौरी, चानदेव, लगायतका खेलप्रेमीहरुले मनोरन्जन लिइराखेका छन् । द

Leave a Reply

Your email address will not be published. Required fields are marked *