त्रिशुली फाइनलमा प्रवेश, आज सेमिफाइनल एनबी कम्प्युटर र एमबीसन भिड्दै

बेलडाँडी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा विजया दशमीको उपलक्ष्यमा आयोजना गरिएको फुटबल प्रतियोगिताको पहिलो सेमिफाइन त्रिशुली युवा क्लब चवन्नीले फाइनल खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

शिवनगर साउथ पोइन्टलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै फाइनल खेल्नका लागि आफ्नो स्थान त्रिशुलीले सुरक्षित गरेको थियो ।

आज अर्को सेमिफाइन एनबी कम्प्युटर र एमबीसन बैवाह बिच साझ ३ बजे हुने खेल संयोजक सचिन कठायतले जानकारी गराउनु भयो । उहाँका अनुसार युएसबी बेलडाँडीले आयोजना गरेको फुटवल प्रतियोगितमा २० स्थानीय टिमले सहभागिता जनाउनुका साथै स्थानीय खेलाडीलाई प्रमोड गर्ने उदेश्यका साथ खेल आयोजना गरिएको थियो ।

आजको विजेता र त्रिशुली युवा क्लब चवन्नी विच भोली फाइनल खेलाइने आयोजकले जानएको छ । प्रतियोगिता नकाउट विधिबाट खेलाइएको थियो भने प्रतियोगिताको च्याम्पियन वा विजेता हुने टिमले नगद २५ हजार धनराशि र उपविजेताले १५ हजार प्रमाणपत्र ,ट्रफी मेडल हात पर्ने खेलसंयोजक कठायतले जानकारी गराएका छन। प्रतियोगिताको १२ गते उद्धघाटन भएको थियो भने भोली असोज २० गते फाइनल संगै समापन गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *