जन्मदिनका अवसरमा जेष्ठ नागरिकलाई फलफुल

बेदकोट नगरपालिका–३ भम्काका स्थानीय युवक प्रशान्त विष्टले आफ्नो जन्मदिनका अवसरमा रौटेलाका बृद्धबृद्धालाई फलफुल वितरण गरेका छन् ।

विष्टले बुधबार बेदकोट नगरपालिका–८ रौटेलमा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका आश्रित जेष्ठ नागरिकलाई फलफुल एव मिठाई वितरण गरेका हुन् । विष्टलाई २५ पुरा भएर २६ बर्ष लागेको छ ।

सनलाईफ इन्स्योरेन्स कम्पनी झलारीमा कार्यरत विष्टले जन्मदिनमा समाजिक सेवा गर्ने उदेश्यका साथ फलफुल र मिठाई वितरण गरेको बताए । यसैविच बेदकोट नगरपालिका ६की साबित्री बोहराको दोस्रो स्मृतिमा बृद्धाश्रममा खाद्यान्न एव फलफुल वितरण गरिएको छ । मृतक बोहराका अभिभावकले साबित्रीको सम्झनामा असाहय नागरिकलाई खाद्यान्न वितरण गरेका हुन् । सावित्रीकै स्मृतिमा भुवनेश्वरी माविमा अक्षयकोषको समेत स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *