क्रान्तिकारीद्वारा सम्मानपुर्वक रिहाईको माग नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले दार्चुला जिल्ला संयोजक ध्वनी धामी र क्रान्तिकारीका अर्का विद्यार्थी खगराज नेपालीलाई झुठो मुद्दामा फसाउन खोजिएको आरोप लगाएको छ ।

क्रान्तिकारी सेती महाकाली ब्यूरोले सोमबार जारी गरेको विज्ञप्तीमा संयोजक धामी र नेपालीलाई बैतडी गोकुलेश्वरबाट पक्राउ गरे सदरमुकाम पु¥याएको भन्दै आपत्ति जनाएको छ ।

‘धामी र नेपालीलाई झुठो मुद्दामा फसाउने षड्यन्त्र गरि बन्धक बनाएर राखिएको छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘विद्यार्थीको हरुहकहितका लागि संघर्षरत विद्यार्थी नेता माथीको दमन धरपकड रोक्न आग्रह गर्दा पनि आफ्नै कानुनको उल्लंघन गर्दै स्वतन्त्रता पूर्वक हिडडुल गर्न पाउने ,बोल्ने पाउने , विद्यार्थीको पढन पाउने मौलिकहक हनन गरिएको छ ।’

पन्चायत कालमा समेत विद्यार्थी सङ्गठन र विद्यार्थी नेतामाथी नभएका हर्कत राज्यले गरिरहेको छ क्रान्तिकारीको ठहर छ । क्रान्तिकारीले उनीहरुको रिहाईको माग गरेको छ । संयोजक ध्वनी धामी र खगराज नेपालीलाई निसर्त ससम्मान रिहाईका लागि जोडदार माग गर्दछौ । अखिल क्रान्तिकारी सेती महाकाली ब्यूरोका संयोजक बिरेन्द्र शाहद्वारा गरिएको हस्ताक्षरमा अन्यथा निर्मम संघर्ष गर्ने जनाकारी चेतावनी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *