बेलडाँडीमा डेगु रोग नियन्त्रणका लागि पुर्व सचेतना

देशका विभिन्न जिल्लामा डेगुं रोगको महामारा फैलिरहेका बेला कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले डेगुं रोग नियन्त्रणका लागि अभिमुखिकरण राखेको छ ।

‘हाम्रो बेलडाँडी स्वास्थ्य स्वस्थ्य तथा नमुना बेलडाँडी भन्ने मुल नाराका साथ बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाले ‘डेगुं रोग सम्बन्धी सरोकारवालालाई अभिमुखिकरण गराएको हो । बुधबार गाउँपालिकाको स्वास्थ्य शाखाले समयमै सचेत हुनका लागि सरोकारवालालाई दिए दिवसीय अभिमुखिकरण गराईएको बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाका स्वकीय सचिव कृष्ण रोकायाले बताए ।

रोकायाका अनुसार स्वास्थकर्मीबाट डेगुं रोग नियन्त्रणका पुर्व सचेत रहनका लागि अभिमुखिकरण गराईएको छ । कार्यक्रममा भ्याक्ट्रोल कन्ट्रोल अधिकृत हेमराज जोशी र मलरिया निरिक्षक सिद्धराज भट्टले डेगुं रोगका विषयमा अभिमुखिकरण गराएका थिए । उनीहरुले डेगुं रोग के हो ? कसरी बाँच्ने, लक्ष्मण सहितका विषयमा चित्रण गरेका थिए । सहभागिहरुले अभिमुखिकरणबाट सिकेका विषय व्यवहारिक कार्यान्वयनमा जोडदिएका थिए ।

कार्यक्रममा सहभागिले अहिलेसम्म बेलडाँडीमा महामारीका रुपमा डेगु रोग नदेखिएको बताएका थिए । बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक महेश खत्रीले सहजिकरण गरेको कार्यक्रममा बेलडाँडी गाउँपालिका कार्यबाहक प्रमुख गणेश बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, बुद्धिजिवी, स्वयमसेवीका, स्वास्थ्यकर्मी सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *