बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चमा भोली देखि ३ दिनका लागि महाशिवरात्री मेला लाग्ने अन्तिम तयारी पुरा भएको छ ।

चवन्नी वजार व्यवस्थापन समितिको आयोजनामा भोली ८ गते देखि १० गते सम्म लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष प्रकास उर्यालले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार पर्यटन बर्ष २०२० लाई मदत पुग्ने गरि मेला अयोजना गर्न लागेको जनाउनु भयो । मेलालाई आक्रसित बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाउनु भयो । उहाँका अनुसार ९ गतेका दिन सुदूरपश्चिमकी चर्चित देउडा गायिका पवित्रा भण्डारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने र १० गतेका दिन धौलीकोले ब्या भइग्यो लोकप्रिय कलाकार चेतन बोहरा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताउनु भयो । साथै थारु नाच, सखिया नाच, देउडा, विभिन्न विद्यालयको प्रस्तुति रहने समेत जनाइएको छ ।
कार्यक्रमको उदघाटन बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीले गर्ने समेत आयोजकले जनाएको छ ।

1 thought on “चवन्नीमा भोली देखि महाशिवरात्री मेला लाग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *