इटाहा चारपाते युवा क्लबको बिजय सुरुवात

 विकास सिह महता /कञ्चनपुर

कञ्चनपुरको जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ मा फुटबल प्रतियोगिताको आज उद्धघाटन खेलमा आयोजक “ए” को बिजय सुरुवात गरेको छ।

सनिवार भएको उद्धघाटन खेल इटाहा चारपाते युवा क्लब आयोजक र सेफन स्टार युवा क्लब बिच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा २-२ गोल को बराबरी संगै खेल ट्राइबेकर मा पुगेको थियो भने ट्राईवेकरमा इटाहा चारपाते युवा क्लबले ४-२ को अन्तरले सेफन स्टार युवा क्लब बेलौरी आयोजक “ए” संग पराजि बन्न पुगेको र बिजेता आयोजक टिमले आफ्नो क्वाटर फाइनलको यात्रा समेत तय गरेको आई सि वाई सि का संस्थापक हेमन्त रानाले बताएका छन।

उनका अनुसा आइतबार हुने दोस्रो दिनको पहिलो खेल समूह “बि” अन्तर्गत झिलमिला युनाइटेड र सिद्धबाबा युवा क्लब नौरंगा बिच दिउँसो १ बजे देखि हुने छ भने दोस्रो खेल इटाहा चारपाते युवा क्लब “डि” र घटाल युवा क्लब कालागौडी बिचको खेल दिउँसो ३ बजे हुने छ । उक्त प्रतियोगिताका सभापति आयोजक क्लबका अध्यक्ष पहिलाद राना ,प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय तारा लामा तामाङ रहनु भएको थियो भने विशिष्ट अतिथिमा कञ्चनपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष भीमबहादुर थापा रहनु भएको र स्वागतमन्तव्य कार्यक्रम संयोजक बिजय चौधरीले राख्नु भएको थियो भने कार्यक्रमको संचालन आई सि वाई सि का संस्थापक हेमन्त रानाले गर्नु भर्नु भएको थियो।

चौथो आई सि वाई सी कपको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैय ३१ हजार १ सय ३१ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन।भने प्रतियोगिता १७ गते सम्म संचालन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *