ईटाहा चारपाते युवा क्लब फाइनल प्रवेश

 विकास सिह महता/ कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ स्थित देखतभुलिमा आयोजना गरिएको चौथो संस्करणको आई सि वाइ सि कप-२०७६ फाइनल को यात्रा ईटाहा चारपाते युवा क्लबले सोझै तेस्रो पटक प्रवेश गरेको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेल आयोजक इटाहा चारपाते युवा क्लब र कार्मेल युवा क्लब बिच भएको खेलमा ४-० गोलले कार्मेल युवा क्लब पराजित हुँदा आयोजकले तेस्रो पटक उपाधी होडमा रहेको छ ।

उक्त खेलको पहिलो हाफको ३,१२ र ३५ मिनेटमा अशोक चौधरी ,राम सिंह राना र सागर बि सि ले गोल गरेको थियो भने दोस्रो आफको ५२ मिनेटमा ब्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरेका थिए। दोस्रो सेमिफाइनल खेल सोमबार मंसिर १६ गते दिउँसो १ बजे नवदुर्गा युवा क्लब कैलाली गाउँ र कलकत्ता युवा समाज कलकत्ता बिच प्रतिस्पर्धात्मक खेल हुने छ र उक्त खेलको विजेता टिमले मंसिर १७ गते दिउँसो १२ बजे आयोजक इटाहा चारपाते युवा क्लबको सामना गर्ने छ ।

यो संगै चौथो संस्करणको आइ सि वाइ सि कप फुटबल प्रतियोगिता -२०७६ को भब्यताका साथ समापन हुने उक्त कपका संस्थापक हेमन्त रानाले बताउनु भएको छ। प्रतियोगिता मंसिर ७ गते देखि सुरु भएको थियो भने प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको र खेल नकाउट बिधिबाट एन्फा रेफ्री द्धारा संचालन गरिएकको थियो। चौथो संस्करणको आई सि वाई सी कप-२०७६ को विजेताले नगद ५१ हजार १ सय ५१ रुपैय ३१ हजार १ सय ३१ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *