नेकपाले बाँड्न ल्याएको चामल र गाडी तरुणद्वारा कब्जा

पाँचथर,
पाँचथर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले गाडीमा ल्याएको चामल नेपाली कांग्रेसका कार्यकर्ताहरूले नियन्त्रणमा लिएका छन् ।

मतदातालाई बाड्ने उदेश्यले ल्याएको चामल बोकेको गाडी र नेकपाका नेताहरूलाई नियन्त्रणमा लिएको पाँचथर कांग्रेसले जनाएको छ ।
उपनिर्वाचनको मौनअवधिको समयमा खाद्य समाग्री सहित नेकपाका नेताहरू हिलिहाङ गाउँपालिकाको वडा नम्बर ७ तीनधारेको गाँउमा छिरेपछि बिहीबार राति ११ बजे नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरूले गाडीसहित चामल नियन्त्रणमा लिएका हुन् ।

मे १ ज २८८१ नम्बरको पिकअपमा रहेको दुई बोरा चामल सहितको खाद्य सामाग्री नेपाल तरुण दल पाँचथरको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।

नेपाली कांग्रेसका कार्यकर्ताको नियन्त्रणमा रहेको गाडी र खाद्य सामाग्रीलाई नेपाल प्रहरीको जिम्मामा दिइएको छ ।
नेकपाका नेता सहित चामल बोकेर गाउँ छिरेको उक्त गाडी कात्तिक २१ गतेदेखि नेकपाबाट हिलिहाङ ७ मा वडाध्यक्षको उम्मेदवार बनेका गेहनाथ रिजालले भाडामा लिएका छन् ।

नेकपाका उम्मेदवार रिजालले २५ दिनका लागि आफ्नो गाडी भाडामा लिएको चालक विनोद तिम्सिनाले बताए ।
एक लाख रुपियाँमा २५ दिनका लागि नेकपा उम्मेदवारले गाडी भाडामा लिनुभएको छ’, चालक तिम्सिनाले भने ।

गाडी नियन्त्रण भएको स्थानमा नेकपा नेता तथा जिल्ला समन्वय समिति पाँचथरका संयोजक विमल सापकोटाको समेत उपस्थित थिए ।
घटनाक्रम हेर्दा नेकपाको गलत नियत देखिएपनि आफूहरूले त्यस्तो गर्न नखोजेको सापकोटाले बताएका छन् ।

‘मतदातालाई बाड्नका लागि खाद्य सामाग्री ल्याएको जस्तो देखियो’, नेकपाका सापकोटाले भने, ‘हाम्रो त्यस्तो नियत थिएन ।’
नेपाली कांग्रेसका कार्यकर्ताले गाडी नियन्त्रमा लिएपछि प्रहरीले गाडी सहित खाद्य सामाग्री सदरमुकाम फिदिम ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *