चिनियाँ राष्ट्रपति सी चेन्नईबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय समय अनुसार दिउँसो १:३० बजे (नेपाली समयानुसार दिउँसो १ः४५ बजे) सी चेन्नइबाट काठमाडौंका लागि उडेका हुन् । चेन्नइदेखि काठमाडौंसम्मको हवाइ यात्रा करिब ३ घण्टाको हुने छ ।

यस हिसावले सी सवार विशेष विमान करिब ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गर्ने छ । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *