दशौं रनिङ चाँदीकप फुटबलको समापन संगै च्याम्पियन सिद्धार्थ

कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिका वडा न.७ मा आयोजना गरिएको दशौं रनिङ चाँदीकप फुटबल प्रतियोगिता -२०७६ को च्याम्पियन सिद्धार्थ युवा क्लब बनेको छ।

सनिवार भएको फाइनल सिद्धार्थ युवा क्लब र सुदूरपश्चिम एकेडेमी बिच भएको रोमाञ्चक खेलमा १-० गोलको अन्तरले सुदूरपश्चिम एकेडेमीले तेस्रो पटक उपाधी जित्ने दाउबाट सिद्धार्थ क्लब बाधक बन्दै उपाधी रक्षा गरेको छ। प्रतियोगिताको पहिलो आफमा बरावरी खेलेको सुदूरपश्चिम एकेडेमीले दोस्रो आफमा सिद्धार्थ युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी कमल देउवाले आफ्नो टिमको लागि एक गोल गर्दै उपाधी जित हात पार्नमा उनको गोल नै निर्णायक बनेको थियो।

प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद धनराशि १ लाख ५७ हजार १ सय ११ रुपैया , ७८ तोला बराबरको चाँदीको ट्रफी र उपविजेता हुने सुदूरपश्चिम एकेडेमीले ७८ हजार ५ सय ५० रुपैया प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ।

प्रतियोगिता युवाहरु लाई मध्यनजर गर्दै खेलकुद बिकासमा जोड र एउटा असल अब्बल खेलाडीको पहिचान संगै उत्पादन गर्ने मुख्य उद्देश्यका साथ १० वर्ष देखि चादिकप प्रतियोगिताको आयोजना हुँदै गरेको छ भने आगामी दिनको संस्करण भने चाँदिकप नभएर गोल्डकपको आयोजना हुने घोषणा गरिएको क्लबका सचीव प्रकाश तामाङले जानकारि गराएका छ्न।

उनका अनुसार प्रतियोगितामा २६ टिमको उपस्थिति रहेको र असोज ८ गते उद्धघाटन संगै संचालन भएको थियो भने २५ गते एक कार्यक्रमका साथ प्रतियोगिताको समापन गरिएको छ।

समापन समारोहका सभापति आयोजक क्लबका अध्यक्ष बुद्धिमान तामाङ ,प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय तारा लाम तामाङ र विशिष्ट अतिथिमा नेकपा कञ्चनपुर जिल्लाका अध्यक्ष बिरबहादुर थापा “पातल”, कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द रहनु भएको थियो भने अतिथिमा कञ्चनपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ र जितबहादुर तामाङ लगायत जनप्रतिनिधि ,सुरक्षाकर्मी ,समाजसेवी , बुद्धिजीवी साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *