अनेरास्ववियु कञ्चनपुर संयोजक विष्ट, सह–संयोजक बस्नेत

कञ्चनपुर,
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरको संयोजकमा बिरेन्द्र राज विष्ट र सह–संयोजकमा ओम बस्नेत चयन भएका छन् ।

कञ्चनपुरका चर्चित युवा विद्यार्थी नेता विष्टलाई संयोजक र बस्नेतलाई सह–संयोजकमा चयन गरेको हो । अनेरास्ववियु केन्द्रीय समितिले कञ्चनपुर लगायत देशैभरीका जिल्लामा संयोजक र सह–संयोजक सहमतीय आधारमा टुङ्गो लगाएको थियो ।

अनेरास्ववियु नेता किशोर भट्टले सबै जिल्लामा सहमतीय आधारमा जिम्मेबारीको टुङ्गो लगाएको बताए । अनेरास्ववियु कञ्चनपुर नेतृत्वको जिम्मेबारी पाएका संयोजक विष्ट र सह–संयोजक बस्नेतले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ बहन गर्ने प्रण गरेका छन् ।

अनेरास्ववियुका संयोजक बिरेन्द्र राज विष्टले संगठनलाई एकताबद्ध रुपमा सबै विद्यार्थी नेताको भावना समेटेर अघि बढाउने बताए । उनले संगठन संगै कञ्चनपुरको समग्र शैक्षिक विकृती, विसङगती बिरुद्ध शसक्त भएर लाग्ने बताए । विष्टले सुप विश्वविद्यालय सहित शैक्षिक क्षेत्रका विकृती हटाउनका लागि संगठन त्यतातिर लाग्ने बताए ।

अनेरास्ववियुका सह–संयोजक ओम बस्नेतले साँगठानिक एकताका क्रममा जसले जहाँ जे जिम्मेबारी पाएपनि समग्र विद्यार्थीको हक हित र अधिकार सहित शैक्षिक विकृती बिरुद्ध सघर्ष गरिने बताए ।

उनीहरुले जिम्मेबारी दिएकोमा विषयमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्ने नेताहरुलाई धन्यवाद दिदै संगठनलाई अगाडी बढाउने विश्वास दिलाएका छन् । विष्ट र बस्नेतले अनेरास्ववियु नेतृत्वको जिम्मेबारी पाएपछि उनका सहकर्मी, साथीभाई आफन्तले बधाईको दिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *