विप्लव बझाङ्गद्वारा कार्यकर्ता रिहाईको माग

कञ्चनपुर,
नेकपा विप्लव बझाङ्गले कार्यकर्ता रिहाईको माग गरेको छ ।

भारतले हडप्ने खोजेको नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी जोगाउन जागरणमा हिडेका नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरिएकोमा समेत आपत्ति जनाएको छ ।

नेकपा बझाङ्गले जारी गरेको विज्ञप्तीमा भारतीय साम्राज्यवादले अतिक्रमण गरि नक्साङकन गरेको बिरोधमा पम्पलेट टाँसिरहेका बेला सन्दिप खडका, भूपेन्द्र, लक्ष्मण सिह , क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक कुँवरलाई प्रहरीले गिरफ्तार गरेको भन्दै निःसर्त स–सम्मान रिहाईको माग गरेको हो ।

नेकपा बझाङ्गका सचिव हरिलाल र इन्चार्ज बिराटद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा रिहा नगरे सघर्षमा उत्रिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *