कञ्चनपुर, 

कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका–८ तिलाचौरमा ‘विपी स्मृति खुला क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

न्यू हिमालय सामाजिक सेवा समितिको आयोजनामा आउँदो बुधबार (२९असोज) देखि क्रिकेट प्रतियोगिता–०७६ हुने भएको हो । शनिबार आयोजकले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ ।

पुर्व काँग्रेस नेता, त्रिभुबन उमाविका संस्थापक अध्यक्ष एव हिमालय समाजिक सेवा समितिका संस्थापक रहेका विष्णू प्रशाद मिश्रको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

तेस्रो पटक हुन लागेको विपी स्कृति खुला क्रिकेट प्रतियोगिताको तयारी तिव्र भईरहेको छ । प्रतियोगिताका संयोजक पदम जाग्रीले तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार फिल्ड व्यवस्थापनदेखि खेलसमाग्री सबै बन्दोबस्त गरिन लागिएको छ । ‘अहिलेसम्म १६ टिम दर्ता भएका छन, ‘उनले भने, ‘२८ गते दिउँसो ४ बजेसम्म टिम दर्ताको समय राखेका छौँ ।’ त्रिभुबन माविको प्राङ्गणमा हुने प्रतियोगितामा विदेश दुई खेलाडीलाई मात्रै टिममा सहभागि गराउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिता संयोजक जाग्रीका अनुसार विजेतालाई ५५ हजार ५५५, उप विजेतालाई २५ हजार २२५ नगदका साथै ट्रफि प्रमाण पत्र वितरण गरिने छ । उत्कृष्ठ ब्याट्समेन, बलर, म्यान अफ द सिरिजलाई समेत पुरस्कार वितरण गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि तीन लाख बढि खर्च भईरहेको भन्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारसंग सहयोगको अपेक्षा राखे ।

स्व.विपी मिश्रका जेष्ठ पुत्र समेत रहेका न्यू हिमालय समाजिक सेवा समितिका अध्यक्ष मदन मिश्रले बाबुको सपना पुरा गर्नका लागि हरेक बर्ष क्रिकेट आयोजना गरिएको बताए । उनका अनुसार विपी राजनीतिक र समाजिक अभियन्तासंगै खेल क्षेत्र जस्तै क्रिकेटप्रेमी क्रिकेटको विकास चाहने व्यक्ति थिए ।

उनको सपना साकार पार्नका लागि समेत आयोजना गरिएको प्रतियोगिताबाट उत्पादन भएका खेलाडी आज अन्र्तराष्ट्रिय स्तरसम्म क्रिकेट खेलमा सहभागि भईसकेका छन् । ‘जुन बेला टिभीमा क्रिकेट हुन्थ्यो, ‘उनले भने, ‘त्यो बेला मेरा बाबु(विपी मिश्र)ले गाउँमै क्रिकेट खेल खेलाएका थिए ।’

प्रतियोगिताका माध्यमम बाट स्थानीय खेलाडी उत्पादन गर्ने, खेल क्षेत्रको विकास गर्दै बाबुको सपना पुरा गरिने मदनले बताए । लिग चरणमा खेलाईने प्रतियोगिता दुईसातासम्म संचालन हुने बताउदै मदनले प्रतियोगिता सफल पार्नका लागि सम्पूर्ण सरोकारवाला महानुभावहरुमा आग्रह गरे ।

के तपाईंलाई थाहा छ?

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.