बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

बेलडाँडी,

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा एक महिलाले बिचित्रको बालिका जन्माएकी छिन् ।
बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने २६ बर्षिया महिलाले विचित्रको बालिका हिजो राती बेलडाँडी स्वास्थ्य कार्यालय देखी धनगढीका लागि रिफर गरेको बेला बिचित्रको बच्चा जन्माएकी हुन् ।
बेलडाँडी स्वास्थ्य कार्यालयले बालिकाको अवस्था गम्भिर प्रकारको रहेको भन्दै धनगढी रिफर गरेको बेलडाँडी स्वाथ्य केन्द्रले जनाएको छ ।
धनगढी लैजाने क्रमामा रामपुर स्वास्थ्य चौकी नजिकै बालिकाको जन्मभएको जनाइएको छ । बालिकाको आँखा खुलेका छैनन् मुख ठुलो भएको कान फरक,खुट्टा लगायत पुरै शारीरिकको बनावट फरक रहेको छ ।


उक्त बच्चाको जन्म हुदा ११ सय ग्राम तौल रहेको स्वास्थ्य कार्यालय बेलडाँडीले जानकारी गराएको छ । अहिले सम्म बच्चाको स्वास्थ्य अवस्था ठिकै रहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार यस्तो विषय सम्वेदनशील रहेको भन्दै सबै कुरा भन्न नसकिने जनाएको छ ।
आज विहानै देखि बच्चा हेर्नेको भीड लागेको स्थानीयले जनाएका छन् ।

2 thoughts on “बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *