चट्यानले भृकुटी विद्यालयमा क्षति

बुधबार समान्य बर्षासंगै कञ्चनपुरमा चट्यान पर्दा महेन्द्रनगरको भृकुटी माध्यामिक विद्यालयमा क्षति पुगेको छ ।

चट्यान पर्दा विद्यालयको विद्युत मिटरबक्स जलेर नष्ट भएको छ । विद्युतको मुल मिटर बक्स जलेपछि सिङ्गो विद्युतीय मिटर प्रणालीमा अवरोध आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ हर्क बहादुर विष्टले चट्यानले कम्प्युटर, ईलेक्ट्रोनिक समाग्री बिग्रीएको बताए ।

उनका अनुसार विद्युत अवरुद्ध नियमित गर्न केहीदिन लाग्नेछ । भृकुटीसंगै नजिकै रहेको एनसेल टावरमा समेत चट्यान पर्दा एनसेलको आन्तरिक सेवा अवरुद्ध भएको थियो । चट्यानकै कारण कञ्चनपुरमा विभिन्न स्थानमा ईलेक्ट्रोनिक समाग्रीमा क्षति पुगेको छ । बर्षा, हावाहुरी चल्दा आकासमा बादल टोकिदा, गड्याङगुडुङ हुँदा विद्युतीय समाग्री स्वीचअफ गर्न समेत सुझाव आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *