भीमदत्त नगरपालिका पर्यटन प्रर्बद्धनका लागि शुक्लाफाँटा महोत्सव गर्दै

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका पर्यटन प्रर्बद्धनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव गर्न लागेको छ । भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा तथा झोलुङ्गे पर्यटन महोत्सव ०७६ संचालन हुन लागेको छ ।

यस क्षेत्रका पर्यापर्यटनको प्रर्बद्धनका लागि भीमदत्त नगरपालिकाले यस बर्ष तेस्रो शुक्लाफाँटा महोत्सव आयोजना गर्न लागेको छ । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले यस बर्ष अन्य बर्षभन्दा पृथक ढङगले महोत्सव आयोजना गरिने बताए । उपाध्यक्ष चन्दले उद्घाटन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटामा हुनेछ ।

समापन शुक्लाफाँटा निकुञ्ज प्रवेसद्वार क्षेत्रमै हुनेछ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महोत्सवको उद्घाटन भएको घोषणा गर्ने छन, भने विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । ‘हामी उद्घाटन विश्वकै दुलर्भ घाँसे मैदानबाट गछौँ, ‘उपाध्यक्ष चन्दले भने, ‘समापन निकुञ्ज प्रवेसद्वारा मझगाउँमा गछौँ ।’

आठदिनसम्म विभिन्न कार्यक्रम संचालन गरेर महोत्सव आयोजना गरिने छ । उपाध्यक्ष चन्दका अनुसार उद्घाटनको दोस्रो दिन निकञ्ुजभित्र काठमाण्डौँ वन वातावरण विज्ञानका विद्यार्थीको स्थलगत अवलोकन भ्रमण गराईनेछ । तेस्रो दिन अपाङ्गता र सातौँ दिन जेष्ठ नागरिकलाई अवलोकन गराईने छ । चौथोदिन महेन्द्रनगरबजारदेखि निकुञ्ज हुँदै झोलुङ्गेसम्म साईकल ¥याली निकालेछ । छैटौँदिन माध्यामिक स्तरिय विद्यार्थीमाँझ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । भने आठौँ दिनमा राष्ट्रपति भण्डारीको विशेष उपस्थितिमा महोत्सव समापन गरिने छ । ‘हामी जेष्ठ नागरिक र असायक सबै क्षेत्रका नागरिक बुद्धिजिवीको अनुभव आदान प्रदान गछौँ, ‘उपाध्यक्ष चन्दले भने, ‘यो सबै एकिकृत रुपमा पर्यटनको दिगो विकास र समृद्धिका लागि हो ।’

आठै दिनसम्म निकुञ्ज, एसियाकै दोस्रो लामो झोलुङ्गेपुल सहितका पर्यटकिय क्षेत्रमा अवलोकनका लागि सरोकारवालालाई चुले निम्ता दिईएको छ । यस बर्ष पनि हजारौँलाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखेको छ ।
स्थानीयलाई आफ्नो पर्यटकिय क्षेत्रको पहिचान गराए पर्यटन प्रर्बद्धनका लागि टेवा पु¥याउन लागि भीमदत्त नगरपालिकाले महोत्सव आयोजना गरेको उपाध्यक्ष चन्दले बताए । उनका अनुसारम महेन्द्रनगरमा संचालित पर्यटन महोत्सव तथा महाशिवरात्रीमा समेत पर्यटन सुचना केन्द्र राखेर पर्यटकिय क्षेत्रको जानकारीमुलक सन्देश दिईनेछ ।

नगर क्षेत्रका विभिन्न पर्यटकिय गन्तव्यको प्रचारप्रसारका लागि पोष्टर समेत वितरण गरिने छ । यसैविच महाशिवरात्रीका अवसरमा महेन्द्रनगर शिवधाम क्षेत्र, झलारी, बेलौरी नगरपालिका शिवनगर क्षेत्र र बेलडाँडी गाउँपालिका १सिद्धनाथ मन्दिरमा महाशिवरात्री संचालन हुन लागेको छ । बेलडाँडीमा सिनाथ मन्दिर संरक्षण समितिको आयोजनामा देउडा प्रतियोगिता संचालन हुने भएको छ । केही दिन कञ्चनपुरमा पर्यटन महोत्सव संगै विभिन्न बस्ती तथा गाँउमा संचालन हुने महाशिवरात्री महोत्सवले समेत यस क्षेत्रमा धार्मिक पर्यटकिय रौनक छाउने देखिन्छ ।
bir

Leave a Reply

Your email address will not be published. Required fields are marked *