बेलडाँडी प्रहरीद्धारा खुल्ला बहस कार्यक्रम

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी इलाका प्रहरी कार्यालयको आयोजनामा आज खुल्ला बसह कार्यक्रम आयोजना गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज बेलडाँडी गापाको हलमा कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यको प्रमुख आतिथ्यमा प्रहरी, स्थानीय सरकार र नागरिकहरु माज बेला बेला देखा पर्ने अपराध नियन्त्रणका बिषमा छलफल भएको बेलडाँडी प्रहरीले जनाएको छ ।

छलफल बाट विभिन्न उपसमिति गठन गरिने निर्णय भएको बेलडाँडी प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार समाजमा शान्ती सुरक्षा र सुचनाको लागि ती समितिहरूले समाजमा काम गर्ने जनाइएको छ । महिला तथा बालबालिका, लागू औषध तथा जाडरक्सी नियन्त्रण तथा ब्यवस्थापन, जुवातास नियन्त्रण, सडक सुरक्षा, शिक्षा स्वस्थ्य सम्बन्धि उपसमिति बनाई काम गरिने जनाइएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख आचार्यले बेलडाँडी पुगेर भन्नु भयो यो समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिक विचको दुरी घटाउने बताउदै नागरिक भनेका बिना बर्दीका पुलिस भएको र यीनले पनि शान्ती सुरक्षा र अमनचयन ल्याउनमा अहम भुमिका खेल्ने बताउनु भयो । अपराध जतिबेला जस्तो अवस्थामा पनि घट्न सक्ने भन्दै यस्ता कार्य नियन्त्रण गर्नमा नागरिकहरुको पनि अहम भुमिका हुने जनाउनु भयो । पुलिस भनेको भगवान होइन पुलिस पनि आम नागरिक जस्तै भएको बताउदै तपाईहरुको सुचनाको आधारमा अप्रेशन गरिने जनाउनु भयो ।

उक्त कार्यक्रमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला देवी कार्की, बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, पाचैँ वडाका वडा अध्यक्ष, सदस्यहरु, विभिन्न स संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *